९७ प्रतिशत गाउँपालिकाले ल्याए असार १० भित्र बजेट
११ आषाढ़, २०८३, बिहिवार
- महासंघका अनुसार कोशी, मधेश र लुम्बिनीका ३-३ गाउँपालिकाले असार १० भित्र बजेट ल्याउन सकेनन भने कर्णाली र सुदूरपश्चिमका २-२ तथा बागमतीका एक गाउँपालिकाले समयमा बजेट नल्याएको महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले जानकारी दिएका छन् ।
काठमाडौँ: स्थानीय तहको अन्तिम कार्यकालमा ९७ प्रतिशत गाउँपालिकाले समयमै बजेट ल्याएका छन् ।
देशभरका ४६० गाउँपालिकामध्ये ४४६ गाउँपालिकाले कानुनले तोकेको १० असारभित्रै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको गाउँपालिका राष्ट्रिय महासंघले जनाएको हो ।
त्यस्तै १४ गाउँपालिका तोकिएको असार १० भित्र बजेट ल्याउन नसकेको महासंघले जनाएको छ ।
बजेट ढिलाइ हुनुका पछाडि अध्यक्षको अस्वस्थता, पारिवारिक समस्या, प्रमुख प्रशासकीय अधिकृतको सरुवा तथा बजेटमा सहमति जुट्न नसक्नुजस्ता कारण देखिएका छन्। गण्डकी प्रदेशका सबै गाउँपालिकाले समयमै बजेट ल्याएका छन् भने कोशी, मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही पालिका अझै प्रक्रियामै रहेका छन् ।
समयमै बजेट नल्याउने पालिकाको कार्यसम्पादन मूल्यांकनमा असर पर्ने कानुनी व्यवस्था रहेकाले बाँकी पालिकाहरू पनि केही दिनभित्र बजेट ल्याउने तयारीमा रहेको जनाइएको छ ।
महासंघका अनुसार कोशी, मधेश र लुम्बिनीका ३-३ गाउँपालिकाले असार १० भित्र बजेट ल्याउन सकेनन भने कर्णाली र सुदूरपश्चिमका २-२ तथा बागमतीका एक गाउँपालिकाले समयमा बजेट नल्याएको महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले जानकारी दिएका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐन–२०७४ मा हरेक स्थानीय तहले आगामी आर्थिक वर्षका लागि आम्दानी–खर्चको अनुमानित विवरण (बजेट) असार १० भित्र नगरसभा वा गाउँसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
स्थानीय सरकार सञ्चालन ऐनमा असार १० सम्म बजेट पेस र असारभित्र पारित गरिसक्नुपर्ने भनिए पनि बजेट नल्याएको खण्डमा के हुने भन्ने कुनै व्यवस्था छैन । तर अन्तर सरकारी वित्त हस्तान्तरण ऐन २०७४ ले तोकेको समयमा स्थानीय तहले बजेट नल्याएमा केन्द्र सरकारले उपलब्ध गराउदै आएको अनुदान रोक्का गर्न सक्ने व्यवस्था गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलद्वारा गाजासम्बन्धी ट्रम्पको शान्ति योजना अस्वीकार
-
समावेशी लोकतन्त्र र सामाजिक न्यायलाई व्यवहारमा उतार्नुपर्छ- उपराष्ट्रपति यादव
-
जेनजी आन्दोलनपछि रणनीति बदल्दै भारतीय दल, सात राज्यमा युवा मतदाता निर्णायक
-
आदिवासी जनजातिका अधिकार नयाँ पुस्तामा पुर्याउनुपर्छ- मन्त्री श्रेष्ठ
-
चन्द्रमामा कारखाना खोल्ने मस्कको योजना, रोबोटले गर्नेछन् औद्योगिक काम
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।