- सर्वोत्तम पेन्ट्स उद्योग लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट सम्पन्न भएको छ ।
काठमाण्डौ, ११ अषाढ़ । सर्वोत्तम पेन्ट्स उद्योग लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट सम्पन्न भएको छ । गोलाप्रथा विधिबाट ७० हजार ५५० जना आवेदकले १०-१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।
कम्पनीको जारी पुँजी ३४ करोड रुपैयाँ रहेको छ । उक्त जारी पुँजीको २५ प्रतिशत अर्थात् ८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।
कुल सार्वजनिक निष्कासनमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको थियो। त्यसैगरी २ प्रतिशत अर्थात् १७ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो ।
यी सबै छुट्याइएको सेयरपछि बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि वितरण गरिएको हो। उक्त सेयरको बाँडफाँट बिहीबार सम्पन्न भएको कम्पनीले जनाएको छ ।
आइपिओमा २८ लाख ५० हजार २५ जना आवेदकबाट ३ करोड ५ लाख २७ हजार ५४० कित्ताका लागि वैध आवेदन परेको थियो । यद्यपि ४४ हजार २०७ वटा आवेदनबाट माग गरिएको ५ लाख ५ हजार ६४० कित्ता सेयर बराबरको आवेदन भने अयोग्य ठहरिएको थियो । बाँडफाँट परिणामअनुसार गोलाप्रथा प्रणालीमार्फत ७० हजार ५५० जना आवेदकले जनही १० कित्ता सेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात भने खाली भएको छ ।
आइपिओको नतिजा सीडीएससी, मेरो सेयरको वेभसाइटबाट हेर्न सकिनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
-
पोखराबाट पहिलो उडानमा दुबई जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई
-
भारी वर्षाको पूर्वानुमान रहेकाले सतर्क रहन प्रधानमन्त्री शाहको अपिल
-
भोटेकोशी बाढीको विपदबाट सिकेर भविष्यको जोखिम घटाउने प्रणाली विकास गर्नुपर्छ- मन्त्री श्रेष्ठ
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।