फिफाद्वारा एन्फा निलम्बन

२०८३ अषाढ़ ११ विहीवार
सारांश
  • अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ ।

काठमाण्डौ, ११ अषाढ़ ।  अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ ।

 

फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १६ बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको उल्लेख छ । एन्फामा फिफाले तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउदै प्रतिबन्ध लगाएको छ । निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ ।

 

निलम्बनसँगै एन्फा तथा यसअन्तर्गतका राष्ट्रिय टोली, क्लब र पदाधिकारीहरू फिफा तथा एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा सहभागी हुन नपाउने भएका छन् । साथै फिफाबाट प्राप्त हुने आर्थिक, प्राविधिक तथा विकाससम्बन्धी सहयोगसमेत रोकिएको छ । एन्फाले आफ्नो निर्वाचनको तयारी गरिरहेका बेला राष्ट्रिय खेलकुद परिषदले निलम्बन गरेपछि विवाद शुरु भएको थियो ।

 

पछि जेठ १ गते परिषदले एन्फाको निलम्बन फुकुवा गरेपनि फिफाले दिएको समय सीमा भित्र एन्फालाई स्वतन्त्र रुपमा काम गर्न नदिएको भन्दै निलम्बन गरिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार