विश्वकपमा आजराति समुह बी का अन्तिम खेल हुदै, यस्तो छ नकआउट चरणको समीकरण

१० आषाढ़, २०८३, बुधवार
सारांश
  • सैगरी, सिएटलमा बोस्निया हर्जगोभिना र कतारबीचको खेल पनि निर्णायक हुनेछ । दुवै टोलीको दुई खेलपछि केवल एक अंक मात्र छ । यस्तो अवस्थामा हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ । बोस्नियाले पछिल्लो खेलमा स्विट्जरल्यान्डसँग ४-१ को हार बेहोरेको थियो । टोली अहिले लगातार खराब नतिजामा छ र पछिल्ला खेलहरूमा जित निकाल्न सकेको छैन ।

काठमाडौँ: जारी फिफा विश्वकप अन्तर्गत आज राति देखि समुह चरणका अन्तिम खेलहरु शुरु हुदैछन् । जस अन्तर्गत समूह बी को अन्तिम चरणका खेलहरू आज राति नेपाली समय अनुसार एकै समयमा १२: ४५ बजेदेखि हुदैछन् । यी खेलले समूह विजेता टुंगो लाग्ने र नकआउट चरण पुग्ने अन्तिम टिमहरूको निर्णय हुने छ ।

 

स्विट्जरल्यान्ड र क्यानडाबीच भ्यान्कुभरमा हुने खेलमा समूहको शीर्ष स्थानको प्रतिस्पर्धा हुनेछ । दुवै टोली दुई खेलपछि चार-चार अंकसहित बराबरी अवस्थामा छन् । यस्तो अवस्थामा बराबरी भए दुवै टोली नकआउट चरणमा पुग्नेछन् ।  तर हारले मात्र यस समुहको समीकरण बिग्रिन सक्छ । पराजित भएमा बोस्निया हर्जगोभिना र कतारबीचको खेलमा ठूलो अन्तरले नतिजा फेरियो भने मात्र बाहिरिने जोखिम रहन्छ ।

 

स्विट्जरल्यान्ड पछिल्लो खेलमा बोस्निया हर्जगोभिनालाई ४-१ ले हराउँदै उत्कृष्ट लयमा छ । त्यस खेलमा रुबेन वर्गास र ग्रानित झाका गोल गर्न सफल भए । साथै, जोहान मान्जाम्बीले विकल्प खेलाडीका रूपमा दुई गोल गर्दै ऐतिहासिक प्रदर्शन गरे। उनी फिफा विश्वकपको एकै खेलमा विकल्पबाट दुई वा बढी गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । स्विट्जरल्यान्ड लगातार चौथो पटक समूह चरण पार गर्ने लक्ष्यमा छ। उनीहरू आक्रामक लयमा देखिएका छन् र यो प्रतियोगितामा पहिलो पटक एक खेलमै चार वा बढी गोल गर्न सफल भएका छन् ।

 

उता, क्यानडा आफ्नो घरेलु मैदानमा ऐतिहासिक जितपछि आत्मविश्वासमा छ । कतारविरुद्ध ६-० को फराकिलो जित निकाल्दै उनीहरूले आफ्नो क्षमता प्रमाणित गरेका छन् । जोनाथन डेभिडले ह्याट्रिक गर्दै खेलको नायक बने। उनी प्रतियोगितामा ह्याट्रिक गर्ने सीमित खेलाडीमध्ये एक बनेका छन् ।  स्विट्जरल्यान्ड र क्यानडाबीचको पहिलो भेट हो, त्यसैले नतिजा अनुमान गर्न कठिन छ । बराबरीले दुवैलाई नकआउट चरणमा पुर्‍याउने भएकाले खेल रणनीतिक हुने अपेक्षा गरिएको छ ।

 

त्यसैगरी, सिएटलमा बोस्निया हर्जगोभिना र कतारबीचको खेल पनि निर्णायक हुनेछ । दुवै टोलीको दुई खेलपछि केवल एक अंक मात्र छ । यस्तो अवस्थामा हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ । बोस्नियाले पछिल्लो खेलमा स्विट्जरल्यान्डसँग ४-१ को हार बेहोरेको थियो । टोली अहिले लगातार खराब नतिजामा छ र पछिल्ला खेलहरूमा जित निकाल्न सकेको छैन । कतार भने क्यानडासँग ६-० ले पराजित भएपछि दबाबमा छ। उक्त खेलमा रातो कार्डका कारण उनीहरूको रक्षापंक्ति कमजोर बनेको थियो । 

 

चारै टोलीका लागि यी खेलमा जितबाहेक विकल्प नभएको स्पष्ट देखिएको छ तर प्राविधिक रुपमा क्यानडा र स्वीजरल्याण्ड बराबरीमा रोकिएमा बोस्निया हर्जगोभिना र कतारलाई धक्का लाग्न सक्ने देखिन्छ । यद्यपी जित निकालेर ४ अंक बनाएमा तेस्रो हुने टिमबाट नकआउट चरणमा पुग्ने विकल्प भने कायमनै छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार