- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदान सकिएको छ ।
चितवन, ११ अषाढ़ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदान सकिएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार नयाँ नेतृत्व चयनका लागि भएको उक्त मतदानमा कुल २ हजार ९५९ मत खसेको छ ।
अब एप मार्फत प्रवासका प्रतिनिधिहरुले मतदान गर्नेछन् र त्यसपछि मतपरिणाम घोषणा हुने निर्वाचन आयोगले बताएको छ ।
केन्द्रीय सदस्यमा निर्वाचित मात्र पदाधिकारीमा उम्मेदवार हुन पाउने हुनाले मतपरिणाम सार्वजनिक भएलगत्तै पदाधिकारीहरूको चयनका लागि पनि मतदान प्रक्रिया अघि बढाइने बताइएको छ ।
पदाधिकारीतर्फ खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्री पदका लागि चुनाव हुदै छ । पार्टीका सभापति पदमा भने रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् भने वरिष्ठ नेतामा बालेन्द्र शाहलाई मनोनित गर्ने विधानमै व्यवस्था गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।