- आज १२औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
काठमाण्डौ, ०७ अषाढ़ । आज १२औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्तावअनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघमा गरिएको प्रस्ताव स्वीकार गरेपछि २०१५ देखि २१ जुनलाई विश्व योग दिवस मनाउन थालिएको हो ।
सोहीअनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउँदै आएको छ । 'स्वस्थ र दीर्घायु जीवनका लागि योग' भन्ने मूल नाराका साथ १२औ विश्व योग दिवस मनाउन लागिएको हो ।
योगले तन-मनलाई शान्त र स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरूले बताएका छन् । नियमित योग अभ्यासले शरीरलाई दीर्घायु र स्वस्थ जीवनशैलीतर्फ अघि बढाउन मद्दत गर्ने उनीहरूको भनाइ छ । विज्ञका अनुसार योगले मानसिक तनाव घटाउन सहयोग गर्छ भने रक्तचाप र मधुमेहजस्ता दीर्घरोग नियन्त्रणमा पनि प्रभावकारी मानिन्छ । त्यस्तै, योगका विभिन्न आसन र श्वास–प्रश्वास अभ्यासमार्फत शरीरभित्र रहेका विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत पुग्छ। यसले शरीरमा आवश्यक पोषक तत्त्वको प्रवाह सहज बनाउने र टक्सिन हटाउने काम गर्छ ।
त्यस्तै, योग अभ्यासले शरीरको रक्तसञ्चार प्रणालीलाई पनि सन्तुलित बनाउँछ। नियमित अभ्यासले जोर्नी, हड्डी र मांसपेशीलाई लचिलो तथा बलियो बनाउन सहयोग गर्ने बताइएको छ। यसले सम्पूर्ण शरीरका मांसपेशीलाई सक्रिय राख्ने भएकाले समग्र शारीरिक व्यायामको रूपमा काम गर्ने विज्ञहरूको धारणा छ । योगले मस्तिष्कलाई शान्त बनाउने भएकाले एकाग्रता बढ्छ। मानसिक शान्त अवस्थाले कार्यक्षमता वृद्धि गर्न पनि मद्दत पुग्ने उनीहरूको भनाइ छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।