समायोजन भएर आएकाहरूलाई अन्याय हुन नदिने रविको प्रतिबद्धता

२०८३ अषाढ़ ०७ आइतवार
सारांश
  • हिजो बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले समायोजन भएर आएका नेता-कार्यकर्ताहरुलाई अन्याय हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशनबाट नया नेतृत्वको चयन गर्दा पार्टीमा विभिन्न संघ-संगठनबाट समायोजन भएर आएकाहरुलाई चुनावी प्रक्रिया बाहिरैबाट समेट्ने भएको छ । पार्टी प्रवेश गरेको छोटो समयमै चुनावी प्रतिस्पर्धामा उत्रिन कठिन हुने भएकाले उनीहरूलाई सभापतिले मनोनीत गरेर ल्याउने रणनीति अपनाइएको हो ।

 

आमनिर्वाचन अघि बालेन, विवेकशील साझा, खगेन्द्र सुनुवार, थरुहट लगायत विभिन्न समूहबाट रास्वपामा प्रवेश गरेका थिए । उनीहरुमध्ये केहीले सरकार र संसदमा प्रतिनिधित्व गरिरहेका छन् । तर, पार्टीमा क्रियाशील रहेर कुनै अवसर नपाएकाहरुलाई सभापतिले केन्द्रीय सदस्यमा मनोनित गर्ने तयारी गरिएको छ । यसैका लागि पार्टीको केन्द्रीय समिति १५८ सदस्यीय पुर्‍याइएको हो ।

 

हिजो बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले समायोजन भएर आएका नेता-कार्यकर्ताहरुलाई अन्याय हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

 

उनले भने, ‘तपाईंहरुको अवस्था मलाई राम्रोसँग थाहा छ । तपाईंहरूले सक्रियरूपमा पार्टीका लागि काम गरिरहनुभएको छ । तर भर्खरै संगठनमा आएर चुनावी प्रतिस्पर्धा गर्न सहज हुन्न । यसलाई पार्टीले सम्बोधन गर्ने छ ।’

 

स्रोतका अनुसार सभापतिले रास्वपामा आएर कुनै पनि लाभको पदमा नपुगेकाहरूलाई केन्द्रीय सदस्य मनोनयनमा प्राथमिकतामा राख्नेछन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार