अमेरिका-इरान सम्झौतापछि किन चर्चामा छ फ्रान्सको भर्साय दरबार ?
२०८३ अषाढ़ ०४ विहीवार
- अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यका साथ अन्तरिम समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएसँगै फ्रान्सको भर्साय दरबार चर्चामा आएको छ ।
काठमाण्डौ, ०४ अषाढ़ । अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यका साथ अन्तरिम समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएसँगै फ्रान्सको भर्साय दरबार चर्चामा आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान यसै दरबारमा इरानसँगको सम्झौतामा हस्ताक्षर गरेपछि यसको इतिहास बारे चर्चा शुरु भएको हो ।
फ्रान्सको राजधानी पेरिस नजिकै रहेको भर्साय दरबार विश्वकै सबैभन्दा प्रसिद्ध राजमहलमध्ये एक मानिन्छ । यसको सुरुआत सन् १६२३ मा राजा लुई तेह्रौँले बनाएको सानो सिकार भवनबाट भएको थियो । पछि उनका छोरा लुई चौधौँले यसलाई भव्य शाही दरबारमा रूपान्तरण गरेका थिए ।
सन् १६८२ मा लुई चौधौँले फ्रान्सको शाही दरबार र सरकार पेरिसबाट भर्साय सारेर यही दरबारलाई राजनीतिक केन्द्र बनाएका थिए । त्यसपछि सन् १७८९ मा भएको फ्रान्सेली क्रान्तिसम्म यो महल फ्रान्सको सत्ताको प्रमुख केन्द्र रह्यो ।भर्साय दरबारमा करिब २ हजार ३ सय कोठाहरू रहेका छन् । यसको सबैभन्दा चर्चित भाग ‘मिरर हल’ हो, जहाँ ३५७ वटा ऐना जडित छन् । विशाल बगैँचा र भव्य वास्तुकलाले यो दरबारलाई युरोपेली राजतन्त्रको शक्ति र वैभवको प्रतीक बनाएको छ ।
यस दरबारको ऐतिहासिक महत्व पनि निकै ठूलो छ । सन् १९१९ मा पहिलो विश्वयुद्ध समाप्त भएपछि यही स्थानमा ‘भर्साय सन्धि’मा हस्ताक्षर गरिएको थियो । उक्त सन्धिले युद्धलाई औपचारिक रूपमा अन्त्य गरेको भए पनि त्यसका कठोर सर्तहरूलाई पछि दोस्रो विश्वयुद्धका प्रमुख कारणमध्ये एक मानिएको छ ।
आज भर्साय दरबार संग्रहालयका रूपमा सञ्चालनमा छ र फ्रान्सका प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक बनेको छ । यसलाई युनेस्कोको विश्व सम्पदा सूचीमा पनि समावेश गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्यायालयमा देखिएका विकृतिहरू समाधान गर्न संसदबाटै प्रक्रिया अगाडि बढाउने रास्वपाको निर्णय
-
सञ्चारमाध्यममा धरपकड गर्ने कार्य गलत भएको रास्वपाको निष्कर्ष
-
पत्रकार पक्राउ प्रकरणमा सौरभ राज पन्तको टिप्पणी : ‘रुटिन अफ नेपाल बन्द’ पढ्ने पुस्ता र लोकतन्त्रका लागि कलम चलाएको पुस्ताबीच पुस्तान्तरणको द्वन्द्व
-
रवि लामिछानेले बोलाए रास्वपाको सचिवालय बैठक
-
पहिरो र लेदो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।