अमेरिका-इरान सम्झौतापछि किन चर्चामा छ फ्रान्सको भर्साय दरबार ?
२०८३ अषाढ़ ०४ विहीवार
- अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यका साथ अन्तरिम समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएसँगै फ्रान्सको भर्साय दरबार चर्चामा आएको छ ।
काठमाण्डौ, ०४ अषाढ़ । अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यका साथ अन्तरिम समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएसँगै फ्रान्सको भर्साय दरबार चर्चामा आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान यसै दरबारमा इरानसँगको सम्झौतामा हस्ताक्षर गरेपछि यसको इतिहास बारे चर्चा शुरु भएको हो ।
फ्रान्सको राजधानी पेरिस नजिकै रहेको भर्साय दरबार विश्वकै सबैभन्दा प्रसिद्ध राजमहलमध्ये एक मानिन्छ । यसको सुरुआत सन् १६२३ मा राजा लुई तेह्रौँले बनाएको सानो सिकार भवनबाट भएको थियो । पछि उनका छोरा लुई चौधौँले यसलाई भव्य शाही दरबारमा रूपान्तरण गरेका थिए ।
सन् १६८२ मा लुई चौधौँले फ्रान्सको शाही दरबार र सरकार पेरिसबाट भर्साय सारेर यही दरबारलाई राजनीतिक केन्द्र बनाएका थिए । त्यसपछि सन् १७८९ मा भएको फ्रान्सेली क्रान्तिसम्म यो महल फ्रान्सको सत्ताको प्रमुख केन्द्र रह्यो ।भर्साय दरबारमा करिब २ हजार ३ सय कोठाहरू रहेका छन् । यसको सबैभन्दा चर्चित भाग ‘मिरर हल’ हो, जहाँ ३५७ वटा ऐना जडित छन् । विशाल बगैँचा र भव्य वास्तुकलाले यो दरबारलाई युरोपेली राजतन्त्रको शक्ति र वैभवको प्रतीक बनाएको छ ।
यस दरबारको ऐतिहासिक महत्व पनि निकै ठूलो छ । सन् १९१९ मा पहिलो विश्वयुद्ध समाप्त भएपछि यही स्थानमा ‘भर्साय सन्धि’मा हस्ताक्षर गरिएको थियो । उक्त सन्धिले युद्धलाई औपचारिक रूपमा अन्त्य गरेको भए पनि त्यसका कठोर सर्तहरूलाई पछि दोस्रो विश्वयुद्धका प्रमुख कारणमध्ये एक मानिएको छ ।
आज भर्साय दरबार संग्रहालयका रूपमा सञ्चालनमा छ र फ्रान्सका प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक बनेको छ । यसलाई युनेस्कोको विश्व सम्पदा सूचीमा पनि समावेश गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी: पाँच जनाको मृत्यु, ४१ बेपत्ता
-
गगन थापाको सरकारलाई सुझाव: ‘डिजिटल अर्थतन्त्र बढाउन निजी क्षेत्रमाथि विश्वास गर्नुस्’
-
स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउन इप्पानको आग्रह
-
सुस्तामा फेरि भारतीय एसएसबी प्रवेश : निर्माणाधीन बाँध भत्काइयो, झडपमा ३ नेपाली घाइते
-
चीनमा विद्युतीय सवारीको बढ्दो प्रयोगले इन्धन खपतमा ठूलो गिरावट
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।