बुटवलबाट क्रिप्टोकरेन्सी कारोबार गर्ने सात चिनियाँ नागरिक पक्राउ
२०८३ अषाढ़ ०५ शुक्रवार
- अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सम्बन्धी अवैध कारोबारमा संलग्न रहेको आरोपमा सात जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
बुटवल, ०५ अषाढ़ । अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सम्बन्धी अवैध कारोबारमा संलग्न रहेको आरोपमा सात जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका–१२ मा केही दिनदेखि विभिन्न निषेधित एप र वेबसाइटमार्फत क्रिप्टोकरेन्सी कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले छापा मारेको थियो ।
सोही क्रममा बिनान्स, ओकेएक्स, इनटोकन, पेटिएम, भीम, मोबिक्विक र फोनपे जस्ता एपमार्फत कारोबार गरिरहेका सात जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा झियङ गोफु, हु गाङ, ली सुआन्हे, सुन हुई, झाओ क्युचेन, सियाङ जियाशुन र ली बिन रहेका छन् ।
उनीहरूबाट विभिन्न कम्पनीका ११ वटा मोबाइल फोन र २ वटा ल्यापटप बरामद गरिएको प्रहरीले जनाएको छ ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच शिक्षण अस्पतालमा वार्ता सुरु
-
मानव सेवा आश्रमलाई बालबालिकाको तस्वीर तथा भिडियो प्रकाशन नगर्न परिषद्को निर्देशन
-
मुग्लिन-काठमाडौँ सडक खण्ड अवरुद्ध
-
पोखराका सडक र घर नम्बर अब डिजिटल प्रणालीमार्फत व्यवस्थापन गरिने
-
हर्क साम्पाङको प्रश्न- सेनाका नाममा समुह गठन गर्ने छुट कसले दियो ?
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।