- यो बराबरीपछि समुह जी मा चारै टिमको एक एक अंक रहेको छ । यस समुहका बेल्जियम र इजिप्ट पनि एक एक गोलको बराबरी खेलेका थिए ।
काठमाण्डौ, ०२ अषाढ़ । जारी फिफा विश्वकप अन्तर्गत इरान र न्यूजील्याण्ड बराबरीमा रोकिएका छन् ।
लस एन्जलस स्टेडियममा मंगलबार सम्पन्न खेलमा इरान र न्युजील्यान्डलाई २–२ गोलको बराबरीमा रोकिएका हुन् ।न्युजील्यान्डका लागि इजिल जस्टले दुवै गोल गरेका थिए । उनले गोल गर्दै न्युजील्यान्डले खेलको सातौं मिनेटमा अग्रता लिएको थियो ।
त्यसपछि इरानले खेलको ३२औं मिनेटमा बराबरी गोल फर्कायो । इरानका लागि रमनी रेजाइनले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि न्युजील्यान्डका लागि जस्टले खेलको ५४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर न्यूजील्याण्डको अग्रता फेरी पनि लामो समय टिक्न सकेन र इरानका लागि मोहम्मद मोहेबीले खेलको ६३औं मिनेटमा गोल गर्दै खेल बराबरी भएको थियो ।
यो बराबरीपछि समुह जी मा चारै टिमको एक एक अंक रहेको छ । यस समुहका बेल्जियम र इजिप्ट पनि एक एक गोलको बराबरी खेलेका थिए ।
अब इरानले अर्को खेल बेल्जियमसँग जुन २२ मा खेल्ने छ भने जुन २६ मा इजिप्टसँग खेल्ने छ । त्यस्तै न्यूजील्याण्डले जुन २२ मा इजिप्टसँग खेल्ने छ भने जुन २७ मा बेल्जियमसँग खेल्ने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।