- साथै कृषि आधुनिकीकरण तथा यान्त्रिकीकरण, द्विपक्षीय सम्झौताहरूको कार्यान्वयन, कृषि व्यापार प्रवद्र्धन, रोग नियन्त्रण, प्रविधि हस्तान्तरण र प्राविधिक सहयोग लगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं: कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले भेटवार्ता गरेका छन् ।
शुक्रबार मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–चीनबीच कृषि, पशुपन्छी, मत्स्य, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको छ ।
साथै कृषि आधुनिकीकरण तथा यान्त्रिकीकरण, द्विपक्षीय सम्झौताहरूको कार्यान्वयन, कृषि व्यापार प्रवद्र्धन, रोग नियन्त्रण, प्रविधि हस्तान्तरण र प्राविधिक सहयोग लगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री चौधरीले उच्च मूल्यका नेपाली कृषि उत्पादनहरूको चिनियाँ बजारमा पहुँच विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै यसका लागि चीन सरकारको सहयोग अपेक्षा गरेकी थिइन् । साथै ताप्लेजुङ सीमावर्ती क्षेत्रमा याक तथा चौँरीको आवागमनसँग सम्बन्धित समस्याको समाधानका लागि समेत चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताइन् ।
भेटमा चिनियाँ राजदूत माओमिङले नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै कृषि, वन, जलवायु परिवर्तन अनुकूलन, प्रविधि हस्तान्तरण, लगानी प्रवद्र्धन तथा मानव स्रोत विकासका क्षेत्रमा सहकार्य थप विस्तार गर्न चीन तयार रहेको बताएको मन्त्रालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विश्वको पहिलो खर्बपति बन्ने तयारीमा एलन मस्क
-
कृषिमन्त्री चौधरीसँग चिनियाँ राजदुत माओमिङको भेटवार्ता
-
काठमाडौं उपत्यकामा प्रयोगविहीन दूरसञ्चार र इन्टरनेटका तार व्यवस्थापन अभियानलाई तीव्रता
-
इरानविरुद्धको आक्रमण रोक्न ट्रम्पले तीन घण्टा अघि लिएका थिए निर्णय, नेतान्याहू आश्चर्यचकित
-
नेप्सेमा आजपनि गिरावट, ४ अर्ब ३४ करोडको कारोबार
धेरै पढिएको
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।