बाल सैन्य प्रकरणमा प्रचण्ड र भट्टराईमाथि अभियोजन नहुने, सम्मानजनक व्यवस्थापन गर्न निर्देशन
२९ जेठ, २०८३, शुक्रवार
- द्वन्द्वकालीन अवस्थाका घटनाहरूबारे संक्रमणकालीन न्यायसम्बन्धी व्यवस्था कार्यान्वयनमा रहेकाले उनीहरूमाथि छुट्टै अभियोजन आवश्यक नरहेको पूर्ण इजलासले निष्कर्ष निकालेको छ ।
काठमाडौं: सर्वोच्च अदालतले युद्धमा बालसैन्य प्रयोगका सन्दर्भमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता डा. बाबुराम भट्टराईमाथि अभियोजन गर्न नपर्ने ठहर गरेको छ ।
पूर्वबालसैनिक लेनिन विष्टले दायर गरेको मुद्दामा अदालतले शुक्रबार निर्णय सुनाउदै प्रचण्ड र भट्टराईमाथि अभियोजन गर्न नपर्ने ठहर गरेको हो ।
द्वन्द्वकालीन अवस्थाका घटनाहरूबारे संक्रमणकालीन न्यायसम्बन्धी व्यवस्था कार्यान्वयनमा रहेकाले उनीहरूमाथि छुट्टै अभियोजन आवश्यक नरहेको पूर्ण इजलासले निष्कर्ष निकालेको छ ।
सपना मल्ल प्रधान, सुनिल पोखरेल र शंतिसिंह थापाको पूर्ण इजलासले बालसैन्यलाई निषेध गर्ने कानून बनाउन निर्देशनात्मक आदेश दिदै बालसैन्य प्रयोगलाई गम्भीर मानवअधिकार उल्लंघनको विषयमा समेट्न निर्देशन दिएको छ । इजलासले भनेको छ- ' द्वन्द्वको कारण समाजबाट अलग्याइएका व्यक्तिहरूलाई पुनः समाजसँग जोड्नु राज्यको कानुनी दायित्व हो, कुनै दया वा परोपकार होइन । त्यसैले, निवेदकहरूको सम्मानजनक सामाजिक पुनर्एकीकरणका लागि अनुकूल वातावरण निर्माण गर्न आवश्यक कदमहरू चालिनु आवश्यक देखिन्छ ।'
विष्टले संक्रमणकालीन न्यायको विषय टुंग्याउन संशोधन गरिएको विधेयक अन्तर्राष्ट्रिय मानवीय कानून अनुकूल नभएको दाबी गर्दै दुई वर्षअघि सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सुनसरीको कप्तानगन्ज घटनापछि सीडीओ र प्रहरी प्रमुखहरु फिर्ता
-
इरान युद्धमा अमेरिकी सेनाको क्षति बढ्यो: अहिलेसम्म १८ सैनिकको मृत्यु, ६२४ घाइते
-
कप्तानगन्ज घटनाको मानवअधिकारका दृष्टिले अनुसन्धान सुरु, सामाजिक सद्भाव कायम राख्न आयोगको आग्रह
-
गेटामा यसैबर्षबाट पठनपाठन सुरु नभए अनसन बस्ने गोपाल हमालको घोषणा
-
सुनसरीको कप्तानगन्जमा सेना परिचालन
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।