- त्यस्तै स्वास्थ्य बिमा तथा स्वास्थ्य सेवामा पहुँचसम्बन्धी नीतिगत संवाद उपसमितिको संयोजकमा डा. अन्जनीकुमार झा चयन भएका छन् । त्यस्तै घरेलु तथा डिजिटल हिंसा सचेतना उपसमितिको संयोजकमा स्वीकृति पौडेललाई जिम्मेवारी दिइएको छ ।
काठमाडौँ: नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत विभिन्न पाँच विषयगत उपसमितिका संयोजक चयन गरेको छ ।
प्रतिष्ठानको बैठकले प्रतिष्ठान प्रमुख शर्माको प्रस्तावमा विभिन्न नीतिगत तथा जनचासोका विषयमा केन्द्रित पाँच उपसमिति गठन गर्दै संयोजकहरूको जिम्मेवारी तोकेको हो ।
निर्णयअनुसार डायस्पोरा संवाद उपसमितिको संयोजकमा डा. यादव पण्डित चयन भएका छन् । उक्त उपसमितिले नागरिकता, लगानी र मतदान अधिकारलगायत विषयमा जनसम्पर्क समितिको औपचारिक संरचनाबाहिर रहेका विश्वभरका नेपाली समुदायसँग नीतिगत संवाद र समन्वय गर्नेछ ।
त्यस्तै स्वास्थ्य बिमा तथा स्वास्थ्य सेवामा पहुँचसम्बन्धी नीतिगत संवाद उपसमितिको संयोजकमा डा. अन्जनीकुमार झा चयन भएका छन् । त्यस्तै घरेलु तथा डिजिटल हिंसा सचेतना उपसमितिको संयोजकमा स्वीकृति पौडेललाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी सार्वजनिक यातायात तथा सडक सुरक्षा सचेतना उपसमितिको संयोजकमा श्रीप्रसाद भलामी चयन भएका छन् भने खेलकुद नीति संवाद उपसमितिको संयोजकमा विनोद दास चयन भएको नेपाली कांग्रेसले जनाएको छ ।
पार्टीले विभिन्न सामाजिक, आर्थिक तथा नीतिगत विषयमा अध्ययन, अनुसन्धान र बहसलाई प्रभावकारी बनाउन उपसमितिहरू गठन गरिएको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सुनसरीको कप्तानगन्ज घटनापछि सीडीओ र प्रहरी प्रमुखहरु फिर्ता
-
इरान युद्धमा अमेरिकी सेनाको क्षति बढ्यो: अहिलेसम्म १८ सैनिकको मृत्यु, ६२४ घाइते
-
कप्तानगन्ज घटनाको मानवअधिकारका दृष्टिले अनुसन्धान सुरु, सामाजिक सद्भाव कायम राख्न आयोगको आग्रह
-
गेटामा यसैबर्षबाट पठनपाठन सुरु नभए अनसन बस्ने गोपाल हमालको घोषणा
-
सुनसरीको कप्तानगन्जमा सेना परिचालन
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।