विश्वकपको पहिलो खेलमा आजराति मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
२८ जेठ, २०८३, बिहिवार
- मेक्सिकोले कप्तान एडसन अल्भारेज र अनुभवी अग्रपंक्तिका खेलाडी राउल हिमेनेजबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ । यता दक्षिण अफ्रिकाले कप्तान रोनवेन विलियम्ससँगै लाइल फोस्टर र ओसविन अपोलिसको जोडीबाट राम्रो प्रदर्शनको आशा राखेको छ ।
काठमाडौँ: विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता सन् २०२६ को विश्वकप आज रातिदेखि सुरु हुँदैछ ।
उद्घाटन दिन आज राति पहिलो खेल आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच मेक्सिको सिटी रंगशालामा हुनेछ । यो खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ । मेक्सिको र दक्षिण अफ्रिकाबीच हालसम्म चार खेल भएका छन् । तीमध्ये मेक्सिकोले दुई खेल जितेको छ भने दक्षिण अफ्रिकाले एक खेल आफ्नो पक्षमा पारेको छ ।
एक खेल बराबरीमा सकिएको थियो । विश्वकप इतिहासमा यी दुई टोली एकपटक मात्र आमनेसामने भएका थिए। सन् २०१० को विश्वकपको उद्घाटन खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । विश्व वरीयताका आधारमा मेक्सिको बलियो अवस्थामा छ । मेक्सिको हाल विश्व वरीयताको १५औँ स्थानमा रहेको छ भने दक्षिण अफ्रिका ६०औँ स्थानमा छ ।
मेक्सिकोले कप्तान एडसन अल्भारेज र अनुभवी अग्रपंक्तिका खेलाडी राउल हिमेनेजबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ । यता दक्षिण अफ्रिकाले कप्तान रोनवेन विलियम्ससँगै लाइल फोस्टर र ओसविन अपोलिसको जोडीबाट राम्रो प्रदर्शनको आशा राखेको छ ।
सम्भावित सुरुआती टोली:
मेक्सिकोको सम्भावित सुरुआती टोली :
राउल रान्गेल; हेसुस गालार्दो, जोहान भास्केज, सेसर मोन्टेस, इस्राएल रेयेस; ब्रायन गुटिएरेज, एरिक लिरा, अल्भारो फिदाल्गो; जुलियन किन्योनेस, रोबर्टो अल्भारादो र राउल हिमेनेज ।
दक्षिण अफ्रिकाको सम्भावित सुरुआती टोली:
रोनवेन विलियम्स; खुलिसो मुदाउ, इमे ओकोन, म्बेकेजेली म्बोकाजी, औब्रे मोडिबा; तेबोहो मोकोएना, स्फेफेलो सिथोले, थालेंटे म्बाथा; त्सेपाङ मोरेमी, लाइल फोस्टर र ओस्विन अपोलिस ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन पदाधिकारी नियुक्त
-
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
-
भोटेकोशीको बाढी विश्वमै असामान्य विपत्ति- प्राध्यापक डिक्स
-
‘निस्सा पाएपछि आधाभन्दा बढी जितिसक्यौँ’ : शेरबहादुर देउवा
-
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रकरणको रिट खारेज
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।