नयाँ किर्तिमान बनाएका कामिरिता र लाक्पालाई प्रधानमन्त्री बालेनले दिए बधाई
३ जेठ, २०८३, आइतवार
- सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले दुवै आरोहीलाई बधाई दिदै उनीहरूले फेरि विश्वलाई नेपालको क्षमता, साहस र धैर्यको परिचय दिएको बताएका हुन् ।
काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले सगरमाथा आरोहणमा नयाँ किर्तिमान बनाएकोमा कामिरिता शेर्पा र लाक्पा शेर्पालाई बधाई दिएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले दुवै आरोहीलाई बधाई दिदै उनीहरूले फेरि विश्वलाई नेपालको क्षमता, साहस र धैर्यको परिचय दिएको बताएका हुन् ।
विश्वविख्यात आरोही कामीरिता शेर्पाले आज बिहान १० बजेर १२ मिनेटमा ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः कायम गरेका छन् । त्यस्तै 'माउन्टेन क्विन' भनेर चिनिने लाक्पा शेर्पाले बिहान ९ बजेर ३० मिनेटमा ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक शिखर चुम्ने विश्व कीर्तिमान बनाएकी छन् ।
प्रधानमन्त्री शाहले दुबै आरोहीको उपलब्धिलाई ऐतिहासिक भन्दै बधाई दिएका छन् । उनले यस्तो सफलता निरन्तरको साहस, अनुशासन र समर्पणबाट मात्र सम्भव हुने बताएका छन् ।
उनले शेर्पा समुदायको योगदानलाई पनि विशेष रूपमा स्मरण गर्दै उनीहरूलाई हिमाली पर्यटनको मेरुदण्डका रूपमा वर्णन गरेका छन् । प्रधानमन्त्रीका अनुसार शेर्पाहरूको ज्ञान, श्रम र साहस बिना नेपालको पर्वतारोहण इतिहास अधुरो रहनेछ ।
यो उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई थप विश्वसनीय र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।