- एसइईको पुरक परीक्षा आगामी असार १ गतेदेखि ९ गतेसम्म हुने भएको छ ।
काठमाण्डौ, ३१ वैशाख । माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक भएको छ ।
एसइईको पुरक परीक्षा आगामी असार १ गतेदेखि ९ गतेसम्म हुने भएको छ ।
बोर्डका अनुसार अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । नतिजा अनुसार एसइईमा सहभागीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार सार्वजनिक गरेको थियो । यस पटक एसइईको परीक्षा सकिएको २९ दिनमै नतिजा सार्वजनिक गरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।