काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला
३० बैसाख, २०८३, बुधवार
- महानगरअन्तर्गत रहेका संस्थागत शिक्षण संस्थामा अध्ययनका लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । महानगरले छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम जेठ १ गते बिहान १० बजेदेखि भर्न सकिने जनाएको छ ।
काठमाडौं: काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ ।
महानगरअन्तर्गत रहेका संस्थागत शिक्षण संस्थामा अध्ययनका लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । महानगरले छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम जेठ १ गते बिहान १० बजेदेखि भर्न सकिने जनाएको छ । आवेदन दिने अन्तिम समय जेठ १० गते राति ११: ५९ बजेसम्म तोकिएको छ ।
विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइट वा entrance.kathmandu.gov.np मा अनलाइन आवेदन दिन सक्ने महानगरले जनाएको छ ।
महानगरपालिकाका अनुसार छात्रवृत्ति परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने जानकारी दिइएको छ ।
यसैबीच, विषयगत अङ्कभार, विद्यालयअनुसारको छात्रवृत्ति कोटा तथा परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण महानगरपालिकाको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।