- पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार बिहान पक्राउ गरेको हो ।
काठमाण्डौ, ३० वैशाख । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन् । पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार बिहान पक्राउ गरेको हो ।
स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको विषयमा पाण्डे अनुसन्धानको दायरामा आएका थिए । स्मार्ट टेलिकमको सम्पत्ति तथा उपकरण नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले गत वर्षको असोजमै ४ अर्ब ६० करोडमा एनसेललाई लिलाम विक्री गरेको थियो ।
यस प्रकरणमा यसअघि नै वैशाख २१ मा सीआईबीले स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पक्राउ गरेको थियो भने बैशाख २५ गते स्मार्ट टेलिकमकै पलिना श्रेष्ठ र नरेन्द्र उलाक पक्राउ परेका थिए ।
स्मार्ट टेलिकम नवीकरण नगरेका कारण २०८० वैशाखदेखि बन्द रहेको छ । नवीकरण नगरेपछि नेपाल दूरसञ्चार प्राधिकरणको स्वामित्वमा आउनुपर्ने स्मार्ट टेलिकमका उपकरण गैरकानुनी ढङ्गले लिलाम बिक्री गरेको प्रहरीको निष्कर्ष रहेको छ ।
स्मार्ट टेलिकमले नेपाल सरकारलाई करिब सात अर्ब राजस्व तथा अन्य विभिन्न दायित्व बुझाउन बाँकी रहेको समेत पाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।