- यस निर्वाचनमा वर्तमान अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ समुहले प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
काठमाण्डौ, २२ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण चैत २९–३० गते हुनुपर्ने साधारण सभाको सोमबार उद्घाटन सत्र भएको थियो ।
महासंघको नयाँ कार्यसमितिको निर्वाचन आज हुँदैछ । महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान रहेकाले वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वत अध्यक्ष हुने छन् ।
महासंघको २०८१ को संशोधित विधानअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा प्रत्यक्ष मतदान हुने छैन । त्यस्तै वरिष्ठ उपाध्यक्ष निर्वाचित कार्यसमितिबाट चयन गरिनेछ । अहिले उपाध्यक्ष र कार्यसमिति सदस्यमा मात्र निर्वाचन हुनेछ । यसैअनुसार यसपटक वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले भावी अध्यक्षका रूपमा महासंघको नेतृत्व गर्ने भएका छन् । बाँकी ४ उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन हुनेछ ।
आज नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने निर्वाचनका लागि ७३ पदाधिकारीका लागि १३७ व्यवसायी चुनावी मैदानमा उत्रिएका छन् । महासंघमा जिल्ला-नगर, वस्तुगत र एसोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिनेछ ।
यस निर्वाचनमा वर्तमान अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ समुहले प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचन समितिले आज बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्वाचन हुने र उक्त निर्वाचनमा २ हजारभन्दा बढीले मतदान गर्ने जानकारी दिएको छ । साथै निर्वाचनको नतिजा बुधबार मात्रै घोषणा हुने बताएको छ । चार उपाध्यक्षमा जिल्ला नगरबाट २, एसोसिएटबाट १, वस्तुगत १ उपाध्यक्ष निर्वाचित हुने छन् ।
त्यस्तै महासंघमा एसोसिएसटतर्फ १ हजार ८५०, जिल्ला नगरतर्फ १२९, वस्तुगत संघमा १०७, वस्तुगत महासंघमा १७, द्विराष्ट्रिय ८ र संस्थापकतर्फ १२ जना मतदाता रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।