शेखर गोल्छालाई म्याद थप्न अदालतको अस्वीकार

२२ बैसाख, २०८३, मगलवार
सारांश
  • सोमबार सर्वोच्च आदेशपछि धरौटीमा छुटेका गोल्छालाई पुन: पक्राउ गरिएकोमा मंलगबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा लगिएको थियो ।

काठमाडौं: उद्योगी व्यवसायी शेखर गोल्छाको म्याद थप्न अदालतले अस्वीकार गरेको छ ।

 

सोमबार सर्वोच्च आदेशपछि धरौटीमा छुटेका गोल्छालाई पुन: पक्राउ गरिएकोमा मंलगबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा लगिएको थियो । 

 

न्यायाशीध मोना सिंहको इजलासले यसअघि नै सर्वोच्चले धरौटी लिएर रिहा गर्न आदेश दिएकोले सोहि अनुसार गर्नु भन्दै गोल्छाको म्याद थप गर्न अस्वीकार गरेको हो  ।

 

गोल्छा धरौटी बुझाएर रिहा भए पनि बीमा ऐन, २०७९ अन्तर्गतको छुट्टै मुद्दामा जारी पक्राउ पुर्जीका आधारमा पुनः नियन्त्रणमा लिइएको थियो ।

 

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा गोल्छा समुहका अध्यक्षसमेत रहेका गोल्छालाई नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि बैशाख १० गते पक्राउ गरिएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार