- दूतावासका अनुसार विभिन्न उद्देश्य, विशेषगरी पर्यटक बनेर कम्बोडिया पुगेका केही नेपाली नागरिक भिसा अवधि सकिएपछि पनि त्यहीँ बसिरहेको जानकारी प्राप्त भएको भन्दै केही नेपाली अवैधानिक रूपमा सञ्चालन भइरहेका अनलाइन ठगी केन्द्रमा संलग्न रहेको सूचनासमेत आएको दूतावासले जनाएको छ ।
काठमाडौँ: बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा बसिरहेका नेपाली नागरिकलाई लक्षित गर्दै महत्वपूर्ण सूचना जारी गरेको छ ।
दूतावासका अनुसार विभिन्न उद्देश्य, विशेषगरी पर्यटक बनेर कम्बोडिया पुगेका केही नेपाली नागरिक भिसा अवधि सकिएपछि पनि त्यहीँ बसिरहेको जानकारी प्राप्त भएको भन्दै केही नेपाली अवैधानिक रूपमा सञ्चालन भइरहेका अनलाइन ठगी केन्द्रमा संलग्न रहेको सूचनासमेत आएको दूतावासले जनाएको छ ।
दूतावासले अनलाइन ठगी अन्तरदेशीय अपराध भएकाले त्यसमा संलग्न हुनेलाई कडा सजाय हुने चेतावनी दिएको छ । कम्बोडिया सरकारले हालै लागू गरेको नयाँ कानुनअनुसार यस्तो कसुरमा संलग्न व्यक्तिलाई पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुन सक्ने व्यवस्था गरिएको छ। त्यस्तै, यस्ता अवैध केन्द्रहरू बन्द गर्ने र संलग्न व्यक्तिलाई पक्राउ गर्ने अभियान पनि तीव्र बनाइएको छ ।
दूतावासले नेपाली नागरिकलाई भिसा अवधिभन्दा बढी समय नबस्न, कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन र यदि संलग्न भइसकेको भए तत्काल त्यस्ता काम छाडेर नेपाल फर्कन आग्रह गरेको छ ।
यसका साथै, उच्च तलब र आकर्षक सुविधाको लोभमा पर्यटकीय भिसामा कम्बोडिया वा अन्य देशमा रोजगारीका लागि नजान पनि अनुरोध गरिएको र वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित निकायसँग सम्पर्क गरी रोजगारको आधिकारिकता पुष्टि गर्न र श्रम स्वीकृति लिएर मात्र विदेश जान दूतावासले सुझाएको छ ।
नेपाल फर्कन सहजीकरण गर्ने उद्देश्यले कम्बोडियामा रहेका नेपालीको विवरण संकलन भइरहेको जनाउँदै दूतावासले अनलाइन फाराम भरी सहयोग गर्न आग्रह गरेको छ ।
साथै परिवारका सदस्य, आफन्त वा चिनेजानेका कोही व्यक्तिहरू श्रम स्वीकृति बिना लामो समयदेखि कम्बोडियामा बसिरहेका छन् वा समस्यामा परेका छन् भने त्यसबारे जानकारी दूतावास वा परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागमा दिन पनि आग्रह गरिएको छ ।
दूतावासले कम्बोडिया पुर्याउने व्यक्तिविरुद्ध नेपाल फर्केपछि वा त्यहीँबाट समेत नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिन समेत सबैलाई अनुरोध गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
१० प्रतिशत निःशुल्क शय्या सेवामा स्वास्थ्य मन्त्रालयको कडाइ
-
राहदानी ऐन उल्लङ्घन प्रकरणमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
-
साँस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधिमाथि छलफल
-
ट्रम्पको दाबी इरानद्वारा अस्वीकार, अमेरिकासँग वार्ताको कुनै योजना नरहेको स्पष्ट
-
जुलाई महिनामा नेपाल आए ७१ हजार विदेशी पर्यटक
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।