- प्रहरीका अनुसार बुद्ध एयरको उडानबाट विराटनगरबाट काठमाडौँ जान लागेका सुनसरी धरान उपमहानगरपालिका–१८ निवासी ३५ वर्षीय दिलीप तामाङको झोलामा स्रोत नखुलेको ११ लाख फेला परेको प्रहरीले जनाएको छ ।
विराटनगर: मोरङको विराटनगर विमानस्थलमा चेकजाँचका क्रममा स्रोत नखुलेको ठूलो रकमसहित दुई जना यात्रु पक्राउ परेका छन् ।
प्रहरीका अनुसार बुद्ध एयरको उडानबाट विराटनगरबाट काठमाडौँ जान लागेका सुनसरी धरान उपमहानगरपालिका–१८ निवासी ३५ वर्षीय दिलीप तामाङको झोलामा स्रोत नखुलेको ११ लाख फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, शनिबार श्री एयरको उडानबाट काठमाडौँ जान लागेका भारतको माल्दा जिल्ला बस्ने ३६ वर्षीय मोहिदिल अलीको झोलाबाट १५ लाख ९८ हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।
दुवै जनाबाट जम्मा २६ लाख ९८ हजार रुपैयाँ बरामद गरिएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक १५ गते आइतबार
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गमा आजदेखि टोल शुल्क अनिवार्य
-
न्यायालयमा देखिएका विकृतिहरू समाधान गर्न संसदबाटै प्रक्रिया अगाडि बढाउने रास्वपाको निर्णय
-
सञ्चारमाध्यममा धरपकड गर्ने कार्य गलत भएको रास्वपाको निष्कर्ष
-
पत्रकार पक्राउ प्रकरणमा सौरभ राज पन्तको टिप्पणी : ‘रुटिन अफ नेपाल बन्द’ पढ्ने पुस्ता र लोकतन्त्रका लागि कलम चलाएको पुस्ताबीच पुस्तान्तरणको द्वन्द्व
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।