इमानसँग अर्थमन्त्री : सञ्चार क्षेत्रसँग सहकार्य गरेर आर्थिक नीति अघि बढाइने

२०८३ वैशाख ०३ विहिवार
सारांश
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आम नागरिकको सामाजिक जीवनस्तरमा सुधार ल्याउने गरी आगामी बजेट केन्द्रित गरिने बताएका छन् ।

काठमाण्डौ, ०३ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आम नागरिकको सामाजिक जीवनस्तरमा सुधार ल्याउने गरी आगामी बजेट केन्द्रित गरिने बताएका छन् ।


इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) का प्रतिनिधिमण्डलसँग भएको छलफलमा उनले उद्यमशीलताको प्रवर्द्धन, स्वदेशी उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणमार्फत वर्तमान आर्थिक चुनौतीहरू सम्बोधन गरिने उल्लेख गरे ।


अर्थमन्त्री वाग्लेले पूँजी विकास, रोजगारी सिर्जना तथा बढ्दो मूल्यवृद्धि नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले उद्यमशीलताको विकास र स्वदेशी उत्पादन वृद्धि मार्फत सबल र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सञ्चार क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताए ।


त्यस्तै, उनले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै रोजगारी सिर्जनालाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिए ।


छलफलमा इमानको प्रतिनिधिमण्डलले सञ्चारमाध्यमहरूको समग्र विकासका लागि सरकारले सन्तुलित र समावेशी नीति अघि सार्नुपर्ने माग गरेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप समाचार