- प्रहरीले घटनामा संलग्न ललितपुर महानगरपालिका–९ भोलढोका बस्ने ३२ वर्षीय सञ्जिव नेपाली ९सञ्जु० र नवलपरासी गैँडाकोट–१ घर भई हाल ललितपुर–८ बस्ने २२ वर्षीय गगन सुनारलाई पक्राउ गरेको जनाएको छ ।
ललितपुर: ललितपुर महानगरपालिका–१२ मंगलबजारस्थित कृष्ण मन्दिर अगाडि भएको छुरा प्रहार घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले घटनामा संलग्न ललितपुर महानगरपालिका–९ भोलढोका बस्ने ३२ वर्षीय सञ्जिव नेपाली ९सञ्जु० र नवलपरासी गैँडाकोट–१ घर भई हाल ललितपुर–८ बस्ने २२ वर्षीय गगन सुनारलाई पक्राउ गरेको जनाएको छ । घटनामा प्रयोग भएको छुरा सहित उनीहरूलाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार फोनमार्फत भएको सामान्य विवादले उग्र रूप लिँदा दुवै पक्षबीच मंगलबजारमा भेट हुने सहमति भएको थियो ।
भेटघाटका क्रममा सञ्जिव नेपालीले साथमा ल्याएको धारिलो छुराले सुमित नेम्वाङमाथि आक्रमण गरेका थिए । सुमितलाई बचाउन पुगेका उनका भाइ सृजनमाथि पनि घाँटी र पेटमा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ ।
घटनामा प्रयोग गरिएको छुरा, फलामे नक, स्कुटर र दुई थान मोबाइल प्रहरीले बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार चैत २५ गते बेलुका करिब ७ः३० बजे दुई पक्षबीच विवाद हुँदा कुटपिट तथा छुरा प्रहार भएको सूचना प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
घाइतेहरूलाई उद्धार गरी ग्वार्कोस्थित बी एन्ड बी अस्पताल लगिएकोमा उपचारका क्रममा सोही राति करिब ८ः३० बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए ।
मृत्यु हुनेमा झापा कमल गाउँपालिका–४ घर भई हाल ललितपुरको इमाडोल बस्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सृजन नेम्वाङ रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’