भाडा समायोजन नगरे सेवा बन्द गर्ने वा स्वघोषणा गर्ने महासंघको चेतावनी

११ चैत्र, २०८२, बुधवार
सारांश
  • महासंघले इन्धनको मूल्यवृद्धिपछि यातायात क्षेत्रमा परेको असरबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेको हो । नेपाल आयल निगमले डिजेलमा १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएपछि यातायात व्यवसायी थप दबाबमा परेको महासंघको भनाइ छ ।

काठमाडौँ: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा समायोजन नगरे सेवा बन्द गर्ने वा सिफारिसअनुसार भाडा स्वघोषणा गर्ने चेतावनी दिएको छ ।

 

महासंघले इन्धनको मूल्यवृद्धिपछि यातायात क्षेत्रमा परेको असरबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेको हो । नेपाल आयल निगमले डिजेलमा १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएपछि यातायात व्यवसायी थप दबाबमा परेको महासंघको भनाइ छ ।

 

महासंघका अनुसार यसअघि नै भाडा समायोजनका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको थियो । यातायात व्यवस्था विभागले पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै वैज्ञानिक विधिअनुसार भाडा समायोजन गर्न सिफारिस गरिसकेको छ । सो सिफारिसअनुसार यात्रुवाहक सवारीमा ११. ३३ प्रतिशत, तराई क्षेत्रमा मालवाहकमा ८. ८१ प्रतिशत र पहाडी क्षेत्रमा १४.२९ प्रतिशत भाडा वृद्धि गर्नुपर्ने देखिएको महासंघले जनाएको छ । तर पटक–पटक आग्रह गर्दा पनि सरकारले हालसम्म कुनै निर्णय नगरेको गुनासो महासंघले गरेको छ ।

 

महासंघले हाल व्यवसायीहरू दैनिक रूपमा लाखौँ रुपैयाँ घाटा बेहोर्दै सेवा दिन बाध्य भएको उल्लेख गर्दै यस्तो अवस्था लामो समयसम्म धान्न नसकिने स्पष्ट पारेको छ । त्यसैले तत्काल भाडा समायोजन नगरे देशभरका यातायात सेवा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिइएको छ । विकल्पका रूपमा यातायात व्यवस्था विभागको सिफारिसअनुसार भाडा स्वघोषणा गरेर सेवा सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गर्ने महासंघले जनाएको छ ।

 

महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा सरकारलाई यथाशीघ्र भाडा समायोजन गर्न आग्रह गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार