गोसाइँकुण्ड भ्रमणमा लेक लागेका थाइ नागरिकको उद्धार

८ चैत्र, २०८२, आइतवार
सारांश
  • गोसाइँकुण्ड गाउँपालिका–५ स्थित होटल लेकसाइडमा बसेका थाइल्याण्डका नागरिक २७ जना बौद्ध भिक्षुको टोलीसँगै गोसाइँकुण्ड पुगेका २२ वर्षीय फ्रा सुखोन तोस्राक्साको स्वास्थ्य अवस्था बिग्रिएपछि नेपाली सेनाले उद्धार गरेको हो ।

रसुवा: गोसाइँकुण्ड भ्रमणका क्रममा लेक लागेर बिरामी परेका एक विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ । 

 

गोसाइँकुण्ड गाउँपालिका–५ स्थित होटल लेकसाइडमा बसेका थाइल्याण्डका नागरिक २७ जना बौद्ध भिक्षुको टोलीसँगै गोसाइँकुण्ड पुगेका २२ वर्षीय फ्रा सुखोन तोस्राक्साको स्वास्थ्य अवस्था बिग्रिएपछि नेपाली सेनाले उद्धार गरेको हो ।

 

उनलाई चन्दनबारी सुरक्षा बेशबाट गएको सेनाको टोलीले उद्दार गरेको थियो । शुरुमा उनको चन्दनबारीस्थित लिटिल बुद्ध होटलमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि थप उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार