कपिलवस्तुमा सर्बदलीय बैठक बस्दै, महाराजगञ्जमा निषेधाज्ञा कायमै
२०८२ चैत्र ८ आईतवार
- जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सूचनाअनुसार महाराजगञ्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ ।
बुटवल: कपिलवस्तुको महाराजगञ्जमा देखिएको दुई समुदायबीचको विवाद बारे थप निर्णय लिने सर्बदलीय बैठक बस्दैछ ।
जिल्ला प्रशासन कार्यलय, कपिलवस्तुका अनुसार बैठकले शनिबारदेखि लगाइएको निषेधाज्ञाबारे थप निर्णय लिन आज बिहान सर्वदलीय बैठक बस्न लागेको हो । जिल्ला प्रशासनले शनिबार दिउँसो २ बजेदेखि लागू गरिएको निषेधाज्ञा अहिले पनि कायमै नै रहेको छ ।
महाराजगञ्ज नगरपालिकाको वडा नम्बर २ र ३ को सीमाक्षेत्रमा ईद र नवरात्र पर्व मनाउने क्रममा उत्पन्न भएको विवाद चर्किँदै गएपछि प्रशासनले शनिबार दिउसोदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सूचनाअनुसार महाराजगञ्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ ।
घटना नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । महाराजगन्ज नगरपालिकामा निषेधाज्ञाकाबीच भएको घटनामा ५ जना प्रदर्शनकारी र २ जना प्रहरी घाइते भएका छन् । प्रशासनले ठुलो घटना हुन नदिन बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।