कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८२ चैत्र ०५ विहीवार
सारांश
  • जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

काठमाण्डौ, ०५ चैत्र । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

 

हाल देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, कोशी प्रदेशको पहाडी भू-भाग र मधेशमा आंशिक बादल लागेको छ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

 

आज दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत  सुदुरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।

 

त्यस्तै आज राती लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी तराई भू-भागमा आंशिक बादल रहनेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा बागमती र कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार