सुपर मार्केट रहेको बाम शक्ति नाङलो पसल बनेको गोकुल बास्कोटाको टिप्पणी

२०८२ चैत्र ०३ मङ्गलवार
सारांश
  • नेकपा एमालेका नेता गोकुल बास्कोटाले यस निर्वाचनमा वामपन्थी शक्तिलाई ६२ प्रतिशत नोक्सानी भएको टिप्पणी गरेका छन् ।

काठमाण्डौ, ०३ चैत्र । नेकपा एमालेका नेता गोकुल बास्कोटाले यस निर्वाचनमा वामपन्थी शक्तिलाई ६२ प्रतिशत नोक्सानी भएको टिप्पणी गरेका छन् ।

 

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यसपटक वाम शक्तिलाई करिब ६२ प्रतिशत नोक्सानी परेको टिप्पणी गर्दै यसको कारण खतरा, घेराबन्दी र षड्यन्त्रजस्ता विषयको विश्लेषण र तयारी पहिले नै गरिएको हुन सक्ने बताएका छन् । उनले सुपर मार्केट नाङलो बन्यो भनेर चासो राख्न आवश्यक नदेखिएको उल्लेख गरेका छन् । 

 

उनले भनेका छन्- 'काकाको बारीको समेत हिसाब गर्दा ६२ प्रतिशत घाटा परेछ- वाम पसललाई यो पल्ट । सुपर मार्केट नाङलो बन्यो भनेर चासो राख्न आवश्यक देखिन यसर्थ कि खतरा विष्लेषण र संश्लेषण तयार नै होला- धोका, घेराबन्दी, षडयन्त्र आदि भन्ने । सिण्डीकेट, प्रतिशोध र प्रालिको कुरा पर्दैन । अब विशेषता विनाको नोकियाको ब्राण्डिङ न हो ।'

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार