विश्व उपभोक्ता अधिकार दिवस आज मनाइँदै

२०८२ चैत्र ०१ आइतवार
सारांश
  • आज विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवको रूपमा मनाउने गरिन्छ ।

काठमाण्डौ, ०१ चैत्र । आज विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवको रूपमा मनाउने गरिन्छ ।

 

यस बर्षको विश्व उपभोक्ता अधिकार दिवस २०२६ को विषयवस्तु 'सुरक्षित उत्पादन, आत्मविश्वासी उपभोक्ता' भन्ने रहेको छ, जसले उत्पादन सुरक्षाको लागि महत्वपूर्ण आवश्यकता, खतरनाक वस्तुहरू विरुद्ध बलियो नियमनहरू र भौतिक र डिजिटल बजार दुवैमा विश्वास निर्माणमा केन्द्रित छ । यस विषयवस्तुले सुरक्षित उत्पादनहरूले आत्मविश्वासी उपभोक्ताहरूलाई डोऱ्याउने कुरालाई प्रकाश पार्छ ।

 

सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ । चार अधिकारका आधारमा संयुक्त राष्ट्रसंघको साधारण सभाबाट सन् १९८५ मा थप आठ अधिकारसहितको अनुवन्ध पारित भएको थियो ।

 

सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता कानुन जारी गरेका छन् । संयुक्त राष्ट्रसंघबाट पारित उपभोक्ता संरक्षण अनुबन्ध १९८५ र उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ । उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार छन् । नेपालमा पनि विभिन्न उपभोक्ता हितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार