- म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका महावीर पुनले चुनावका लागि प्राप्त रकममध्ये खर्च कटाएर पनि ठूलो रकम बाँकी रहेको जानकारी दिएका छन् ।
काठमाण्डौ, ३० फाल्गुण । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका महावीर पुनले चुनावका लागि प्राप्त रकममध्ये खर्च कटाएर पनि ठूलो रकम बाँकी रहेको जानकारी दिएका छन् ।
पुनले सार्वजनिक गरेको विवरणअनुसार दाताहरूबाट प्राप्त कुल रकम ५६ लाख ३७ हजार ८९३ रुपैयाँ ४७ पैसा रहेको छ । यसमध्ये चुनावी प्रचारप्रसार र अन्य काममा २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको र अहिले पनि बैंकमा २७ लाख ६९ हजार २५ रुपैयाँ ४७ पैसा बाँकी रहेको उनले बताएका छन् ।
उनका अनुसार बाँकी रहेको रकम बेनीमा पाँच वर्षका लागि सम्पर्क कार्यालय सञ्चालन गर्न प्रयोग गरिनेछ । सो कार्यालयमार्फत गाउँबाट सदरमुकाम आउने नागरिकलाई सरकारी कामकाज तथा विभिन्न कार्यालयमा आवश्यक सामान्य सहयोग निःशुल्क रूपमा उपलब्ध गराइने उनले बताए ।
पुनले कार्यालय सञ्चालनका लागि दुई जना कर्मचारी राख्ने, कम्प्युटर, फोटोकपी मेसिन र प्रिन्टरजस्ता उपकरण प्रयोग गर्ने योजना रहेको जानकारी दिएका छन् । चुनावी प्रचारका क्रममा गाउँगाउँमा पुग्दा यस्तो योजना आफूले मतदातासामु प्रस्तुत गरेको पनि उनले बताएका छन् । उनले ठूलो सहयोग गर्न नसके पनि नागरिकलाई सानो सहयोग गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।
पुनका अनुसार चुनावी प्रचारका क्रममा ४५ दिनसम्म १० देखि १६ जनासम्मको टोली बिहान ७ बजेदेखि राति १० बजेसम्म म्याग्दीका दुर्गम गाउँहरूमा पुगेको थियो । उनले जिल्लाका अधिकांश गाउँमा दुई पटकसम्म पुगेर प्रचारप्रसार गरिएको बताए ।
म्याग्दीको भौगोलिक अवस्था झापा वा काठमाडौँजस्तो नभएकाले छोटो समयमा सबै क्षेत्रमा पुग्न कठिन भएको उल्लेख गर्दै उनले सबै गाउँमा प्रचार गर्न ४५ दिन लागेको बताएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।