- काठमाडौँमा चुनाव अघि देखि नै अभाव देखिएको खान पकाउने ग्यासको अभाव त्यसपछि अमेरिका र इजरायलले इरानमा आक्रमण गर्न शुरु गरेपछि झन् बढेको छ ।
काठमाण्डौ, ३० फाल्गुण । काठमाडौँमा चुनाव अघि देखि नै अभाव देखिएको खान पकाउने ग्यासको अभाव त्यसपछि अमेरिका र इजरायलले इरानमा आक्रमण गर्न शुरु गरेपछि झन् बढेको छ । ग्यास डिपोमा लामो लाइन देखिन लागेको छ भने सरकार अनविज्ञ बनेको देखिएको छ ।
चुनावपछि नयाँ सरकार आउने चरणमा रहे पनि अहिलेको सरकारले अब आफ्नो जिम्मेवारी पुरा भएको जस्तो व्यबहार देखाएको छ । अहिले सामान्य ग्यास बिक्री केन्द्रमा ग्यासको अभाव छ तर धेरै पैसा तिने अफर गरेमा कहिँ न कहिँबाट उनीहरुले सजिलै व्यवस्थापन गरिरहेको अवस्था देखिएको छ । अरु बेला अनुगमन गरौँ भन्ने बाणिज्य विभाग अहिले ग्यासको चरम कालोबजारी भएको समयमा चुपचाप देखिएको छ भने सरकारी संयन्त्र मौन देखिएको छ ।
अर्को तर्फ नेपाल आयल निगमले भने अन्य सामान्य समयमा जस्तै ग्यास आइरहेको र कसरी अभाव भएको छ भन्ने जवाफ दिन सकेको छैन । निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार हालसम्म नेपालले मासिक आवश्यकताअनुसार ग्यास प्राप्त गरिरहेको छ ।
ठाकुरका अनुसार नेपालमा मासिक करिब ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास खपत हुने गरेको छ र सो परिमाण बराबरको ग्यास नियमित रूपमा आइरहेको छ । उनले उपभोक्ताले भण्डारण गर्न थालेकोले अभाव देखिएको बताए । फागुनको २६ गतेसम्म साढे ४५ हजार मेट्रिक टन ग्यास आइपुगेको आँकडा उनले दिए ।
निगमले एलपी ग्यासको कुनै स्टक राख्ने गरेको छैन । ग्यास उद्योगबाट अर्डर लिने र सोहि अनुसार भारतबाट आएको ग्यास वितरण गर्ने गर्दछ । निगमले ‘पीडीओ’ जारी गर्ने गरेको र सम्बन्धित उद्योगले भारतका ढुवानीकर्तामार्फत ग्यास ल्याएर वितरण गर्ने व्यवस्था रहेको प्रवक्ता ठाकुर बताउछन् ।
अर्कोतर्फ चुनाव भर्खर सकिएको छ तर उभोक्ता ग्यासको लाइनमा र इन्डक्सन खोज्न दौडधुपमा रहेका छन् । तर कुनै राजनीतिक दलले एउटा विज्ञप्ति सम्म निकालेर यसको सम्बोधनको ध्यानाकर्षण गराएको देखिँदैन । अत्याधिक बहुमत पाएर सरकार बनाउन लागेको दल रास्वपा पनि मौन देखिनु अचम्म लाग्दो देखिएको छ ।
अर्कोतर्फ आयल निगमले अहिलेको समस्या समाधान गर्न भन्दै शुक्रबारदेखि अर्को निर्णय नभएसम्म प्रत्येक सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरेर प्रति सिलिन्डर ९५५ रुपैयाँमा बिक्री वितरण शुरु गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।