- नेपाल फर्काइएको जनाइएको र अलपत्र परेका वा कठिन अवस्थामा रहेका अन्य नेपाली नागरिकलाई पनि स्वदेश फर्काउने प्रयास जारी रहेको राजदूतावासले जनाएको छ ।
काठमाडौँ: कम्बोडियामा अनलाइन ठगी लगायत गैरकानुनी काममा लगाइएका तथा बिना भिसा बसिरहेका १६ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ ।
नेपाली राजदूतावास बैंककका अनुसार मानव तस्करको प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेका ती नेपालीहरू अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्याम केन्द्र र क्यासिनोमा ठगीसम्बन्धी गतिविधि तथा अन्य गैरकानुनी काममा संलग्न गराइएको अवस्थामा फेला परेका थिए ।
राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई उद्धार गरी गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा नेपाल फर्काइएको जनाइएको र अलपत्र परेका वा कठिन अवस्थामा रहेका अन्य नेपाली नागरिकलाई पनि स्वदेश फर्काउने प्रयास जारी रहेको राजदूतावासले जनाएको छ ।
राजदूतावासका अनुसार कम्बोडियामा केही नेपाली नागरिक बिना भिसा वा भिसाको अवधि सकिएपछि पनि बसिरहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै यस्तो अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्किन सहयोगका लागि नेपाली राजदूतावास बैंकक वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।
राजदूतावासले स्क्याम केन्द्रहरूमा काम लगाइएका धेरै नेपालीको राहदानी कम्पनीले राख्ने वा स्थानान्तरणका क्रममा हराउने समस्या पनि देखिएको जनाएको छ । यस्तो अवस्थामा स्वदेश फर्किन राजदूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउँदै आएको पनि जानकारी दिएको छ ।
यसैबीच राजदूतावासले नेपाल सरकारले तोकेको प्रक्रिया अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ । छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता मुलुकमा भ्रमणको बहानामा काम गर्न नजान पनि सबै नेपालीलाई अनुरोध गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।