सिराहा–२ मा रास्वपाका शिव यादवको शानदार विजय

२०८२ फाल्गुण २४ आइतवार
सारांश
  • सिराहा–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिव यादव अत्यधिक मतान्तरका साथ निर्वाचित भएका छन् ।

सिराहा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सिराहा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिव यादव अत्यधिक मतान्तरका साथ निर्वाचित भएका छन् ।

 

अन्तिम मत परिणाम अनुसार यादवले ३९ हजार ५६१ मत प्राप्त गर्दै शानदार जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र यादव ले १२ हजार ८१४ मत प्राप्त गरेका छन् ।

 

दुवै उम्मेदवार बिच २६ हजार ७४७ मतान्तर रहेको छ । जसले यस निर्वाचन क्षेत्रमा रास्वपाको बलियो जनसमर्थन देखाएको छ । ठुलो मतान्तरसहित प्राप्त भएको यो जितलाई स्थानीय स्तरमा ऐतिहासिक विजयको रूपमा समेत हेरिएको छ ।

 

यस जितसँगै सिराहा–२ मा रास्वपाले आफ्नो प्रभाव मजबुत बनाएको छ भने समर्थक तथा कार्यकर्ताले खुसीयाली मनाउन थालेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार