राजनीतिक दलको नेतृत्वले लाखौँ कार्यकर्ताको सङ्घर्षलाई उजाड बनाइदियो : पूर्ण बस्नेत
२०८२ फाल्गुण २४ आइतवार
- जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राजनीतिक दलको नेतृत्वले लाखौँ कार्यकर्ताको सङ्घर्ष र बलिदानीबाट निर्माण भएको दललाई उजाड बनाइदिएको टिप्पणी गरेका छन् ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राजनीतिक दलको नेतृत्वले लाखौँ कार्यकर्ताको सङ्घर्ष र बलिदानीबाट निर्माण भएको दललाई उजाड बनाइदिएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनको परिणामबारे आफ्नो धारणा राख्दै बस्नेतले अहङ्कारी, उन्मादी र सन्की नेतृत्वले दलहरूलाई रसातलमा पुऱ्याएको बताएका हुन् ।
बस्नेतले भने, ‘लुइ चौधौँले म नै राज्य हुँ भने झैँ हाम्रो राजनीतिक दलको नेतृत्वले ‘मैले जे गरे पनि हुन्छ म नै नीति हुँ’ भन्ने ठान्यो । जसले गर्दा आजको यो अवस्था आयो ।’
कार्यकर्ता सार्वभौम हुन नसकेका कारण पार्टी नेतृत्वलाई ठिक ठाउँमा ल्याउन नसकिने अवस्था रहेकोमा नेतृत्वलाई मतदाताले आफ्नो ताकत देखाइदिएको उनको भनाइ छ ।
उनी भन्छन् ‘खुसीको कुरा भनौँ कि दुर्भाग्यको कुरा यी दलहरूको नेतृत्व अझैँ सच्चिने र सुध्रिने वाला छैन । अझ भनौँ यिनीहरू सच्चिएर वा सुध्रिएर पनि अब केही हुनेवाला छैन ।’
सार्वभौम जनताले निर्वाचनमार्फत व्यक्त गरेको अभिमतप्रति बस्नेतले सम्मान र स्वागत गर्ने बताएका छन् । परिवर्तन अवश्यमभावी भएको भन्दै आगामी दिनहरूले थप सकारात्मक परिवर्तनलाई आत्मसात् गर्दै मुलुकलाई समृद्धितर्फ लैजाने उनको अपेक्षा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’