ओखलढुंगामा रास्वपाका पोखरेल ५ मत अन्तरले विजयी

२०८२ फाल्गुण २४ आइतवार
सारांश
  • ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पोखरेल ५ मत अन्तरले विजयी भएका छन् ।

काठमाडौँ । ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पोखरेल ५ मत अन्तरले विजयी भएका छन् ।

 

मत गणनाको अन्तिम परिणाम अनुसार पोखरेलले १३ हजार ९५३ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै नेपाली काँग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गरेर ५ मतले पराजित भएका छन् ।

 

त्यसैगरी नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गरेका छन् भने एमालेकी अस्मिता थापाले १० हजार ७२० मत प्राप्त गरेकी छन् ।

 

ओखलढुंगामा ५८ हजार ८९१ मत खसेको थियो भने सदर मत ५५ हजार ५३५ रहेको छ भने बदर मत ३ हजार ३५६ मत रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार