सर्लाही-४ बाट निर्वाचित अमरेश सिंहलाई गगन थापाको बधाई

२०८२ फाल्गुण २४ आइतवार
सारांश
  • नेपाली काँग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका डा. अमरेश सिंहलाई बधाई तथा शुभकामना दिएका छन् ।

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका डा. अमरेश सिंहलाई बधाई तथा शुभकामना दिएका छन् ।

 

थापाले सिंहको जितले उक्त क्षेत्रका जनताको विश्वास र आशा झल्काएको उल्लेख गर्दै सफल कार्यकालको कामना गरेका छन् ।

 

थापाले आफूलाई माया, विश्वास र मत दिने क्षेत्रका सबै मतदाताप्रति कृतज्ञता व्यक्त गरेका छन् । साथै उनले निर्वाचनका क्रममा आफूले देखेका समस्याहरू समाधान गर्न आफ्नो पहल र क्षमताभित्र रहेर निरन्तर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

 

सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंहले ३५ हजार ६८८ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका सभापति गगन थापाले २२ हजार ८३१ मत प्राप्त गरेका थिए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार