- रास्वापाले २० सिटमा जित हात पार्दा नेकपा एमालेले भने एक स्थानमा मात्र जित हासिल गरेको छ । त्यस्तै, नेकपाले २ स्थानमा जितेको छ ।
काठमाण्डौ, २३ फाल्गुण । प्रतिनिधि सभामा अहिलेसम्म नेपाली कांग्रेसले ५ क्षेत्रमा जित हासिल गरेको छ । रास्वापाले २० सिटमा जित हात पार्दा नेकपा एमालेले भने एक स्थानमा मात्र जित हासिल गरेको छ । त्यस्तै, नेकपाले २ स्थानमा जितेको छ ।
कांग्रेसका तर्फबाट दैलेख- १ मा बासना थापाले १२ हजार ३७२ मत ल्याएर विजयी भएकी छन् । त्यस्तै मनाङ मा टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर जित हात पारेकी छन् भने मुस्ताङमा योगेश गौचन थकालीले ३ हजार ३०७ मत प्राप्त गर्दै जित हासिल गरेका छन् ।
त्यसैगरी रसुवामा मोहन आचार्यले १० हजार ६५६ मत ल्याएर विजयी भएका छन् । त्यस्तै तेह्थुममा सन्तोष सुब्वाले ११ हजार ५६१ मत प्राप्त गर्दै जित हासिल गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’