- पाल्पा- २ मा नेपाली काँग्रेसका सन्दीप राना विजयी भएका छन् ।
काठमाडौँ । पाल्पा- २ मा नेपाली काँग्रेसका सन्दीप राना विजयी भएका छन् । सन्दीपले १८ हजार ३३६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका नारायण प्रसाद आचार्यले १६ हजार ५१९ मत प्राप्त गरेका थिए । त्यस्तै यस क्षेत्रमा रास्वपाका विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गरेका छन् ।
यो काँग्रेसले जितेको ११औं सिट हो । काँग्रेसले यसअघि जाजरकोटमा खड्कबहादुर बुढाले २० हजार १४२ मत ल्याएर विजयी भएका थिए भने डोटीमा भारतबहादुर खड्काले १४ हजार ८९७ मत प्राप्त गर्दै विजयी भएका थिए । त्यस्तै अछाम- १ मा भरतकुमार स्वारले १० हजार ७५१ मत प्राप्त गरेर विजयी भएका छन् भने दैलेख- १ मा बासना थापाले १२ हजार ३७२ मत ल्याएर विजयी भएकी छन् । त्यस्तै सुर्खेत- १ मा विष्णुबहादुर खड्काले २६ हजार ८९७ मत प्राप्त गरेर विजयी भएका छन् ।
त्यस्तै मनाङ मा टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर जित हात पारेकी छन् भने मुस्ताङमा योगेश गौचन थकालीले ३ हजार ३०७ मत प्राप्त गर्दै जित हासिल गरेका छन् । त्यसैगरी रसुवामा मोहन आचार्यले १० हजार ६५६ मत ल्याएर विजयी भएका छन् । त्यस्तै तेह्थुममा सन्तोष सुब्वाले ११ हजार ५६१ मत प्राप्त गर्दै जित हासिल गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।