चितवनमा अटो दुर्घटना, चार जनाको मृत्यु

काठमाण्डौ, २३ फाल्गुण ।
सारांश
  • चितवनमा अटो दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ ।

चितवन । चितवनमा अटो दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । 

 

चितवनको कालिका नगरपालिका–९ दब्यटारको भित्री सडकमा अटो दुर्घटना हुदा चालकसहित ४ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । उपरदाङगढीबाट शक्तिखोरतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ह ०३१५ नम्बरको अटो साँझ करिब ५ बजे सडक छेउको नालामा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा परी मृत्यु हुनेमा अटो चालक राप्ति नगरपालिका–९ का ३९ वर्षीय पूर्ण बिकसहित चार जनाको मृत्यु भएको छ भने घाइते एक जना राप्ति नगरपालिका–९ बस्ने ५३ वर्षीया चिनि कुमारी गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार