- संलग्न व्यक्तिहरुको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । आगजनीपछि दुवै क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ।
काठमाडौँ: काठमाडौंको महाराजगञ्ज र नैकाप क्षेत्रमा मंगलबार बिहान पार्किङमा राखिएका सवारी साधनमा आगजनी भएको छ ।
प्रहरीका अनुसार, नैकापमा सिप्रदी ट्रेडिङको कार्यालय नजिक पार्क गरिएको बिएए २८३६ नम्बरको टोयोटा कारमा आगो लगाइएको थियो। त्यस्तै, महाराजगञ्जस्थित पेट्रोल पम्प नजिक बा७ च १४०१ नम्बरको मारुती भ्यान पनि जलेको अवस्थामा फेला परेको छ ।
घटनास्थलबाट दुर्गा प्रसाई समुहको पर्चा बरामद भएको र संलग्न व्यक्तिहरुको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । आगजनीपछि दुवै क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ।
प्रहरीले आगजनीको कारणबारे अनुसन्धान जारी राखेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
‘संविधानको औचित्यमाथि नै प्रश्न छ’: राजसंस्थासहित राजनीतिक सहमतिको आह्वान
-
अर्थमन्त्री डा. वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए
-
करेन्ट लागेर हात्ती ‘रोनाल्डो’ को मृत्यु, शव परीक्षणपछि गाडियो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४४ जना घाइते
-
माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङबाट ११ शव निकालियो
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।