आज विश्व वन्यजन्तु दिवस मनाइँदैं

२०८२ फाल्गुण १९ मङ्गलवार
सारांश
  • विश्व वन्यजन्तु दिवस २०२६ 'औषधि र सुगन्धित बिरुवाहरू: स्वास्थ्य, सम्पदा र जीविकोपार्जनको संरक्षण' भन्ने विषयवस्तुमा केन्द्रित रहेको छ ।

काठमाण्डौ, १९ फाल्गुण । आज विश्व वन्यजन्तु दिवस मनाइदैं छ । हरेक वर्ष मार्च ३ तारिख तथा आजका दिन विश्व वन्यजन्तु दिवस मनाउने गरिन्छ । विश्व वन्यजन्तु दिवस २०२६ 'औषधि र सुगन्धित बिरुवाहरू: स्वास्थ्य, सम्पदा र जीविकोपार्जनको संरक्षण' भन्ने विषयवस्तुमा केन्द्रित रहेको छ ।

 

यो विषयवस्तुले मानव स्वास्थ्य, सांस्कृतिक परम्परा र अर्थतन्त्रमा यी बिरुवाहरूको महत्त्वपूर्ण भूमिकालाई स्पष्ट गर्छ, जबकि बासस्थानको क्षति र अवैध व्यापार जस्ता खतराहरूविरुद्ध दिगो प्रयोग र संरक्षणको आवश्यकतालाई पनि जोड दिएको छ ।

 

संयुक्त राष्ट्रको सदस्य राष्ट्र थाइल्याण्डको पहलमा सन् २०१३ को एक सम्मेलनमा जंगली जनावर तथा विरुवाको अन्तर्राष्ट्रिय व्यापार बारे बहस भएको थियो । यो बहसमा जंगली जनावर तथा विरुवाहरुको अन्तर्राष्ट्रिय ब्यापार विषयमा अनि संसारमा भएका ३५ हजारभन्दा बढी जनावर र विरुवाको प्रजाति संरक्षणको लागि एउटा कदम मात्र भएको भनेर निर्णय लिईएको थियो । यस बहसको निस्कर्षलाई सिटिज अर्थात कन्भरसेसन अन इन्टरनेशनल ट्रेड इन इनडेन्जर इस्पेसिस भनेर नाम दिइएको थियो । त्यसपछि २०१४ को मार्च ३ देखि यो दिवस मनाउन थालिएको हो ।

 

विश्वमा भएका हरेक प्राणी अनि बिरुवाको लागि यस पृथ्वी साझा थलो हो, सबै प्राणी र विरुवाहरुको सुरक्षा, सम्वर्द्धन अनि उपस्थिति मानवको दायित्व हो । चोरी शिकारी, पैठारी अनि तस्करहरुको सक्रियताले नेपालमा पनि धेरै जनावरहरु र विरुवाहरुको विनाश भएको, हत्या भएको, नाशिएको इतिहास छ । विश्व पर्यावरणको ईकोसिस्टममा हरेक प्राणीहरुको आ-आफ्नै महत्व र योगदान छ तसर्थ सबै प्राणिहरुको सुरक्षा आजको आवश्यता हो । मानव जिवनको दिर्घकालिन उपस्थितीका लागि पनि वन्यजन्तु र बिरुवाहरु सबैको रक्षा गर्न जरुरी छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार