- मध्यपूर्व र खाडी क्षेत्रमा देखिएको असामान्य परिस्थितिलाई ध्यानमा राख्दै सरकारले ती क्षेत्रका देशमा वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ ।
काठमाण्डौ, १८ फाल्गुण । मध्यपूर्व र खाडी क्षेत्रमा देखिएको असामान्य परिस्थितिलाई ध्यानमा राख्दै सरकारले ती क्षेत्रका देशमा वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरको निर्णयअनुसार आइतबारदेखि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल जाने व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका श्रम स्वीकृति अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको हो ।
वैदेशिक रोजगार विभागअन्तर्गत ताहाचलस्थित श्रम स्वीकृति शाखाले सूचना जारी गर्दै यी देशमा रोजगारीका लागि विभाग तथा मातहतका निकायबाट प्रदान गरिने सम्पूर्ण श्रम स्वीकृति अर्को सूचना नआएसम्म रोकिने जानकारी दिएको छ । सरकारले त्यहाँको अवस्थालाई निरन्तर निगरानीमा राखेको पनि जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’