निर्वाचन बिदाको समयमा बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

२०८२ फाल्गुण १८ सोमवार
सारांश
  • नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनको समयमा आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

काठमाण्डौ, १८ फाल्गुण । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनको समयमा आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

 

निर्वाचन आयोगको अनुरोधपछि राष्ट्र बैंकले निर्वाचन बिदाको समयमा पनि बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

 

सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरेको छ । साथै फागुन १८ गते हिमाली र पहाडी क्षेत्रका ५६ जिल्लामा तथा फागुन १९ गते तराईका २१ जिल्लामा होली पर्वका कारण बिदा रहनेछ ।

 

निर्देशनअनुसार सरकारी कारोबारका लागि तोकिएका वाणिज्य बैंकहरूले भुक्तानी र राजस्व दाखिला सेवा नियमित रूपमा सञ्चालन गर्नुपर्नेछ भने निर्वाचन प्रचारप्रसारका लागि खोलिएका बैंक खातामार्फत राजनीतिक दल र उम्मेदवारहरूको नगद, चेक वा अन्य भुक्तानी सम्बन्धी सेवा पनि निरन्तर उपलब्ध गराउन भनिएको छ ।

 

राष्ट्र बैंकले निर्वाचन अवधिमा वित्तीय सेवा अवरुद्ध नहुने गरी आवश्यक व्यवस्था मिलाउन सबै बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार