रास्वपाको झन्डा राखेको जिपबाट मदिरा र खाद्यान्नसहितका सामग्री बरामद

२०८२ फाल्गुण १८ सोमवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डा राखेर चुनावी प्रचारमा हिँडेको जिपबाट प्रहरीले मदिरा र खाद्यान्नसहितका सामग्री बरामद गरेको छ ।

बुटवल, १८ फाल्गुण । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डा राखेर चुनावी प्रचारमा हिँडेको जिपबाट प्रहरीले मदिरा र खाद्यान्नसहितका सामग्री बरामद गरेको छ ।

 

सल्यानको बन्गाड–कुपिण्डे नगरपालिका–१ स्थित सल्लीबजारबाट सोमबार बिहान जिप चालक र जिपमा सवार अर्का एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सामान लिएर खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपमा चुनावलक्षित सामग्री रहेको आशंकामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

जिपबाट २५ केजीका दुई बोरा चामल, 'डायमण्ड' लेखिएको सात कार्टुन मदिरा, दुई कार्टुन बियर र तीन कार्टुन खानेतेल बरामद भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । पक्राउ पर्नेमा सिद्धकुमाख गाउँपालिका–४ बस्ने २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र ३७ वर्षीय मोहन बीसी रहेका छन् ।

 

रास्वपाका नगर सभापति लोकेन्द्र ओलीले गाडीमा लोड गरिएको सामग्री स्थानीय व्यापारीको भएको दाबी गर्दै प्रचारमा हिँडेको गाडीमा सामान राखिनु चालकको कमजोरी भएको बताएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार