- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको रुपन्देहीका सीमा नाकाहरु बन्द हुने भएको छ ।
बुटवल, १३ फाल्गुण । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको रुपन्देहीका सीमा नाकाहरु बन्द हुने भएको छ ।
बुधवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि भारतसँग जोडिएका रुपन्देहीका सीमा नाकाहरु ७२ घण्टाका लागि बन्द हुने जानकारी दिएको छ । सूचना अनुसार, फागुन १८ (सोमबार) राति १२ बजेदेखि फागुन २१ गते (बिहीवार) राति १२ बजेसम्म सीमा नाकाहरु बन्द हुने छन् ।
सो अवधिमा सीमाबाट पैदलयात्री, माल तथा यात्रुवाहक सावरी साधनहरु आवतजावतमा रोक लगाइने प्रशासनले जनाएको छ । निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल-भारत दुवैतर्फ उल्लेख्य रुपमा सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ ।
साथै फागुन २० गते (बुधवार) राति १२ बजेदेखि फागुन २१ (बिहीवार) मतदान कार्य सम्पन्न नभएसम्म एम्बुलेन्स, दुग्धका ट्यांकर, दकमल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’