- फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरी मुगुमा सञ्चारकर्मीसँग अन्तरक्रिया गरिएको छ ।
मुगु, १३ फाल्गुण । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरी मुगुमा सञ्चारकर्मीसँग अन्तरक्रिया गरिएको छ । निर्वाचनको तयारी, हालसम्म भएका कामबारे जानकारी दिन र सञ्चार गृहले निर्वाचन अघि, निर्वाचनका बेला र पछि निर्वाह गर्नु पर्ने भूमिका बारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न गरिएको छ ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख कमल प्रसाद उपाध्यायले मुगुको निर्वाचन तयारी बारे हाल सम्म भएका कामबारे जानकारी दिएका थिए । प्रमुख उपाध्यायका अनुसार मुगु जिल्लामा रहेका चार स्थानीय तहमा रहेको ४५ वडामा मतदाता शिक्षा सन्चालनकालागी ४५ जना मतदाता शिक्षा दिने स्वयंसेवक परिचालन गरिएको छ ।
फागुन ३ देखि १७ गते सम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने छ । जिल्ला भरी छ सय ७४ अस्थायी मतदाताहरुलाई समानुपातिक मतदान गर्नको लागी महाकाली उच्च माध्यमिक विद्यालयमा अस्थायी मतदान केन्द्र रहेको छ । निवाचनको लागी प्रयोग हुर्ने ५१ प्रकारका सामाग्रीहरू मध्य आयोग बाट १४ प्रकारका र जिल्लामा उपलब्ध हुर्ने ३७ प्रकारका सामाग्रीहरू प्रक्रिया पुरा गरी तयारी अवस्थामा रहेको छ ।
मुगु जिल्ला एक निर्वाचन क्षेत्र भएको हुदा फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन सफल बनाउनको लागी मतदान अधिकृत ७० जना, सहायक मतदान अधिकृत ७० जना,सहायक कर्मचारी २सय १० जना , स्वयंसेवक १ सय ७९ जना र सहयोगी ७० जना गरी ५ सय ९९ जना कर्मचारी चरीचान हुने छन् भर्ने ।सुरक्षाको लागी निर्वाचन प्रहरी ,नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना गरी १५ सय भन्दा बढी सुरक्षा कर्मी परिचालन गरिने भएको छ । मुगु जिल्लामा ३६ हजार ३१ मतादाता संंख्या रहेको छ । जिल्लाभर ६७ मतदान स्थल र ६९ मतदान केन्द्र रहेका छन् ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश मीन बहादुर कुवरले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चारकर्मीले तथ्य र निष्पक्ष सूचना तथा समाचार प्रवाहमा ध्यान दिनु पर्ने बताएका छन् ।
उनले भने, निर्वाचनका बेला दिने हरेक सूचनाको महत्त्व हुन्छ । भ्रामक सूचना निर्वाचन समेत भाडिन सक्छ त्यसैले हरेक संचारगृह तथा सञ्चारकर्मीले तथ्यपरक रूपमा मात्रै सूचना प्रवाह गर्न समेत बताएका छन् ।
मुख्य निर्वाचन अधिकृत कुँवरले पत्रकार÷सञ्चारकर्मी पूर्वाग्रही भएपछि, दलगत रूपमा प्रचार गर्न थालेपछि पनि निर्वाचनकै पारदर्शिता र पत्रकारिताको पेसा माथि प्रश्न खडा हुने हुँदा निकै जिम्मेवारी पूर्ण रूपमा काम गर्न समेत सञ्चारकर्मीलाई अनुरोध गरे ।
मुख्य निर्वाचन अधिकृत, निर्वाचन आयोग र राजनीतिक दलहरूबिचको प्रभावकारी समन्वयले मात्रै निर्वाचन सभ्य, भयरहित र धाँधलीरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्दो छु । मुगुमा रहेका सबै पत्रकारहरूले हाल सम्म निष्पक्ष र तथ्य परक रूपमै सूचना तथा समाचार प्रवाह गरिरहेकाले मतदान तथा मतगणना अवधिभर समेत जिम्मेवार पत्रकारको कर्तव्य पूरा गन प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताएका छन् ।
नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष जीवन सेजवालले सञ्चार कर्मीहरू सबैको साझा भएर काम गर्नु पर्ने बताए । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो’,उनले भने,चुनावमा नकारात्मक फैलिन सक्ने भ्रामक सूचनाबाट आम नागरिकलाई सचेत बनाउन संचारकर्मीनै सभ्य हुनुपर्छ । तथ्य निष्पक्ष र सन्तुलित रूपमा सूचना समाचार प्रकाशन गर्नु पर्छ ।
यसमा हामी सबैले ध्यान दिन जरुरी छ । भर्ने निवार्च अवधि भर पत्रकारहरूलाई सहजरुपमा निर्वाचन प्रक्रिया देखी मतगणनाको अन्तिम सम्म मुख्या निर्वाचन कार्यालयले सूचना उपलब्ध गराउनको एक मुख्य निर्वाचन कार्यालयले एक जना सूचना फोकल प्रसन ब्याक्ति समेतको ब्यावस्था गरिदिएको भए थप सहज हुने समेत बताएका छन् ।
निवाच अवधि भर कुनै पनि नकारात्मक गतिविधिका घटनाहरू नघट्नको लागी महाधित भएरत वातावरणमा निर्वाचन सम्पन्न गर्नको लागी सुरक्षा व्यवस्था कडा व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रबिराज थपलियाले बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।