सावित्रा भण्डारीको उपचारमा नेपाली काँग्रेसले पाँच लाख सहयोग गर्ने
२०८२ फाल्गुण १२ मङ्गलवार
- नेपाली कांग्रेसले नेपाली महिला टिमकी कप्तान सावित्रा भण्डारी 'साम्बा'को उपचारमा पाँच लाख सहयोग गर्ने भएको छ ।
काठमाण्डौ, १२ फाल्गुण । नेपाली कांग्रेसले नेपाली महिला टिमकी कप्तान सावित्रा भण्डारी 'साम्बा'को उपचारमा पाँच लाख सहयोग गर्ने भएको छ ।
उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) को खेलाडी उपचार कोषमा पार्टीले पाँच लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएको बताएका छन् ।
शर्माले देशको प्रतिष्ठा उचाल्न महत्वपूर्ण योगदान पुर्याएकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि सहयोग आवश्यक रहेको उल्लेख गर्दै कांग्रेसका तर्फबाट उक्त रकम उपलब्ध गराइने बताएका हुन् ।
इन्जुरीका कारण मैदान बाहिर रहेकी साम्बाको उपचारमा एन्फाले चासो नदिएपछि उनले सोमबार आम जनतासँग सहयोग मागेकी थिइन् । साम्बाको उपचारमा अहिले आमा जनताले सहयोग गरिरहेका छन् । साम्बाको सहयोग याचना पछि एन्फाले पनि विज्ञप्ति निकालेर उनको उपचारमा पहल गरिरहेको स्पष्टीकरण दिएको छ । त्यस्तै काठमाडौँ मेडिकल कलेजले साम्बाको नि: शुल्क गरिदिने प्रस्ताव समेत गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।