साम्बाले दर्शकसँग उपचार सहयोग मागेपछि बल्ल जाग्यो एन्फा

२०८२ फाल्गुण १२ मङ्गलवार
सारांश
  • साम्बाको घुँडामा चोट लागेको विषयमा एन्फा पूर्णरूपले जानकार रहेको र र उनको उपचार सुनिश्चित गर्न सबै आवश्यक पहल गरिरहेको बताएका छन् ।

काठमाण्डौ, १२ फाल्गुण । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचार बारे उनले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

एन्फाका प्रवक्ता सुरेश शाहले विज्ञप्ति जारी गर्दै  व्यवसायिक क्लब फुटबलमा घाइते खेलाडीको उपचारको जिम्मा क्लबकै हुने प्रचलन रहेको उल्लेख गर्दै साम्बाको उपचारमा एन्फा सक्रिय रहेको उल्लेख गरेका छन् । साथै साम्बाले आफ्नो इच्छाअनुसार कतारमा उपचार गराउन चाहँदा एन्फाले आवश्यक सबै पहल र समन्वय गरिसकेको प्रवक्ता शाहले बताएका छन् ।

 

साम्बाको घुँडामा चोट लागेको विषयमा एन्फा पूर्णरूपले जानकार रहेको र र उनको उपचार सुनिश्चित गर्न सबै आवश्यक पहल गरिरहेको बताएका छन् । उनले भनेका छन्- 'राष्ट्रिय टोलीकी कप्तानलाई परेको यो पीडामा एन्फा परिवार पूर्ण रूपमा साथमा छ र उहाँलाई यथाशीघ्र मैदानमा फर्काउने हाम्रो प्रतिबद्धता छ ।'

 

एन्फाले औपचारिक पत्राचार मार्फत कतार फुटबल संघसँग साम्बाको उपचारका लागि समन्वय गरिसकेको बताएको छ । यसअघि पनि राष्ट्रिय महिला खेलाडीहरू प्रिती राई, दीपा शाही, हिरा भुजेल, गीता राना, पुनम जर्घा मगर, रेनुका नगरकोटी, सविता राना मगरको सम्पूर्ण उपचार खर्च एन्फाले व्यहोरेको थियो र ती खेलाडीहरू हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरिरहेको एन्फाले उल्लेख गरेको छ ।

 

यसअघि साम्बाले सामाजिक सञ्जालमा एन्फा अध्यक्षले आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख सहयोग गर्ने बाँकी खर्च आफै व्यवस्थापन गर्न भनेको उल्लेख गर्दै आम दर्शकसँग आफ्नो उपचारका लागि सहयोगको याचना गरेकी थिइन् । साम्बाको सो पोष्टपछि एन्फाका पदाधिकारीको सामाजिक सञ्जाल र मिडियामा कडा आलोचना भइरहेको छ भने उनको उपचारको लागि सहयोग गर्ने क्रम शुरु भएको छ । सामाजिक सञ्जालमा आलोचना शुरु भएपछि एन्फाले आफुले पहल गरिरहेको भन्दै विज्ञप्ति निकालेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार