धादिङ दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो, घाइते २४ जनाको ट्रमा र कलंकीमा उपचार हुदै
२०८२ फाल्गुण ११ सोमवार
- घाइतेहरूलाई काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर र नेशनल मेडिकल कलेज, कलंकीमा रिफर गरिएको धादिङ प्रहरीले जनाएको छ ।
धादिङ: धादिङको भैसीगौडामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । गएराती पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग.२ ख.१४२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदी किनारमा खसेको थियो ।
बसमा चालकसहित कुल ४४ जना यात्रु सवार रहेको प्रहरीले जानकारी दिएको छ । बसमा २९ पुरुष र १५ महिला थिए, जसमा हालसम्म १९ जनाको मृत्यु पुष्टि भएको छ भने २५ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन् ।
घाइतेहरूलाई काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर र नेशनल मेडिकल कलेज, कलंकीमा रिफर गरिएको धादिङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा २४ वर्षीय ब्रिटिश नागरिक स्टीवार्ट डोमिनिक इथान, कास्कीका करिब ४० वर्षीय विवेक बस्तोला, स्याङ्जाका घर भई हाल काठमाडौं नागार्जुन बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँका करिब ४० वर्षीय ओमकुमार मल्ल, धादिङका करिब ३० वर्षीय ....ठकुरी, तनहुँकी करिब ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौं बौद्ध टुसालका करिब ४२ वर्षीय लोप्साङ गोले, तनहुँका करिब ४५-४६ वर्षीय हरिप्रसाद सिग्देल, पाल्पाका करिब ५५ वर्षीय नविन्द्र श्रेष्ठ रहेका छन् ।
यसैगरी केही मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । तीमध्ये एक करिब ३०-३२ वर्षीय पुरुषको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य अज्ञात मृतकहरूमा विभिन्न उमेर समूहका पुरुष तथा महिला रहेका छन् ।
हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा १४ जना घाइते उपचाररत छन् । त्यस्तै नेशनल मेडिकल कलेज, कलंकीमा उपचाररत १० जना घाइते उपचाररत छन् । उपचाररत केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।